‘ढाकछोप आयोग’ गठन

प्रकाशित मिति: २३ असार २०७३, बिहीबार ०६:२३

ddमानव तस्करीको आशंकामा प्रहरी अनुसन्धानमा परेका ८ जना माओवादी सभासद्हरुलाई चोख्याउन ‘केन्द्रीय ढाकछोप आयोग’ गठन भएको छ । क. साबुनपानी शर्माको संयोजकत्वमा गठिन आयोगले अनन्तकाल सम्ममा आफ्नो प्रतिवेदन सार्वजानीक गर्नेछ । ढाकछोपका क्रममा प्रहरीलाई प्रभावित पार्ने, सबुद् प्रमाण नष्ट गराउने, सभासद्हरुलाई प्रष्ट पार्ने तथा जनतालाई अल्मल्याउने आयोगको कार्य तालिका रहेको सदस्य क.चम्पा चमेलीले बताउनु भयो ।

पहिलो चरणको ढाकछोप अन्तर्गत, स्पेन लैजान लागिएका ‘मुर्गाहरु’ सभासद्का दोभाषे भएको जिकिर गरिने छ । त्यसकालागि उनिहरुलाई स्पेनिश भाषा सिक्न बागबजारको एउटा ट्यूसन सेन्टरमा थुनेर राखिएको छ । स्पेनमा हुने सबै सम्मेलनहरु प्राज्ञीक खालका भएकाले नेपालको इज्जत जोगाउन ति मुर्गाहरुलाई प्राज्ञिक सल्लाहकार र दोभाषेको रुपमा लैजान खोजिएको पुष्टी गराउन आयोगले हदैसम्मको कसरत गर्नेछ ।

यसो गर्दापनि जनताले नपत्याए ‘क्रान्तीकारी सभासद्हरुलाई प्रतिकृयावादीहरुले षडयन्त्रपूर्वक फंसाएको’ भन्दै कडा ढाकछोप गरिनेछ । इन्टरनेसनल इन्स्टिच्युट अफ सोसल एन्ड इकोनोमिक साइन्स, ले आयोजना गर्ने ( शिक्षा(शिक्षण सम्मेलन, इन्टरनेसनल कन्फ्रेन्स अन एन्टी माइक्रोबायल रिसर्च (सुक्ष्म जीब प्रतिरोधी तत्व सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन, बेलायतको रसायन शास्त्र शाही समाज (Royal Societies of Chemistry) ले आयोजना गर्ने नविकरणिय उर्जा र बाताबरण सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन जस्ता बाङ्गा कार्यक्रममा बिचरा सोझा माननीयहरुलाई चयन गरेर पार्टी, देश र संसदको बेईज्जत गर्ने षडयन्त्र भएको भन्दै घटनालाई राजनीतिकरण गर्ने प्रयास गरिनेछ ।

षडयन्त्रकारीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारवाही गर्न ‘केन्द्रीय ढाकछोप आयोग’ जोडदार माग गर्नेछ । त्यसो नभएको खण्डमा सरकार छाड्ने, सडक तताउने तथा नेपाल बन्दको घोषणा हुन सक्नेछ ।

*संवाददाताको नोट*:माथीको समाचारलाई सत्य तथ्य मानेर तपाईंको दिमागमा भ्रमको बिउ उम्रिन गएका हामी जिम्मेवार हुनेछैनौं,  धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com