‘करोड फिर्ता लैजाउ !’– गुगल ब्वाई

प्रकाशित मिति: २ श्रावण २०७३, आईतवार ०७:१९

श्री प्रधानमन्त्रीज्यू,
बालुवाटार, काठमाण्डौ ।
एकातिर हजारौं अशक्तहरुको पिंडादायी अवस्था, अर्कातिर लाखौं भुकम्प पीडितको दर्दनाक स्थितिमा मेरो प्रतिष्ठानलाई एक करोड उपलब्ध गराउने निर्णय मेरालागी नैतिक, आर्थिक र धार्मिक हिसाले खुशीको कुरा लागेन । तपाईंकालागि पनि यो निर्णय अन्तिम गाँसमा ढुङ्गा लागेको महसुस गरेको छु ।

mm

यस अघि पनि सरकारले मलाई उपचार खर्च दिएर आफ्नो दायीत्व पुरा गरि सकेको छ । फेरी करोड छुट्याउंदा नागरिकले मप्रति पनि प्रश्न चिन्ह उठाउन थालेकाछन् । यसबाट म अत्यन्तै चिन्तित बनेको छु । म मेरो क्षमतामाथी ढुक्क छु । नागरिक स्तरबाट मेरो प्रतिष्ठान चल्छ । अस्तित्वले अवस्य सहयोग गर्नेछ । मलाई बिबादमा लैजान काम नर्गन अनुरोध गर्दछु । देश र जनताको चित्त दुखाएर धर्म बदनाम गराउन चाहान्न ।

निकट प्रधानमन्त्री पुष्प कमल दहालजी, एक करोड दिनेका बिषयमा तपाईंपनि सहमत हुनु भएको रहेछ, म एकदमै खुशी भएको छु । खुशी करोड पाएकोमा हैन, धर्मलाई अफिमसंग तुलना गर्ने क्रान्तीकारीहरु आज चमत्कार र अलौकिक शक्तिलाई मान्न थालेछन्, हरि ओम् तत्सत् !

बिकट प्रधानमन्त्री शेर बहादुर देउवाजी, करोडमा तपाईंपनि ओके सुनेर म खुशी छैन । देशको अर्थतन्त्र जर्जर बनाउने तपाईंहरुले मलाईपनि आफुजस्तै विवादित बनाउनु भएकोमा बहुत् चिन्ता लागेको छ । म तपाईंहरुजस्तै अलोकप्रिय बन्न चाहान्न ।

टिकट प्रधानमन्त्री नारायणकाजी श्रेष्ठजी, सदिच्छाकालागि धन्यवाद । तर अलौकिक शक्तिले चुनाव जिताई दिन्छ, सत्ता टिकाई दिन्छ भन्ने लोभ हो भने त्यो भ्रम हटाई हाल्नोस, कर्म नगरी मर्म र चर्म बलियो हुंदैन ।

अत: तपाईंको सरकारले मेरा नाममा दिएको नगद रु १,०००००००/– (अक्षेरेपी रुपैंया एक करोड)कालागि धन्यवाद सहित् फिर्ता लैजान हार दिक्क अनुरोध गर्दछु । उक्त रकम कुनै भुकम्प पीडित सेन्टर बनाउन प्रयोग गरेमा देश र जनताको कल्याण हुनेछ ।

अन्त्यमा, तपाईंहरु तिनै जनालाई मेरो आर्शिवाद छ । स्थिति बिग्रेला भन्ने पिर खिर खान नभुल्नुहोला । ढुक्क भएर लुछाचुँडी गर्दै गर्नोस्, केही नहुञ्जेल केही पनि हुंदैन ।

आदीत्य दहाल

Korg Triton VST Crack

*Disclaimer: उपरोक्त रचनालाई आधिकारिक र सत्य ठानेर विश्वास पर्न गएमा हास्यास्पद हुनेछ । यो रीयल कुराहरुमाथी गजुरीयल टिप्पणीमात्र हो । *तस्विर सौजन्य: तानतुन डटकम (इन्टरनेट)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com