डाक्टरहरुबिच हात हालाहाल् !

प्रकाशित मिति: ३ श्रावण २०७३, सोमबार १५:४२

डा.गोविdoctor-lab-coat.jpgन्द केसीको बिषयलाई लिएर चिकित्सकहरुबिच हात हालाहाल् भएको छ । पीर अस्पताल परिसरमा सम्पन्न ‘दोहोरी कार्यक्रम’मा उक्त घटना भएको हो । अनसनको पक्ष र बिपक्षमा चिकित्सा क्षेत्र रोगी बनेपछि  डाक्टरहरुको उपचार गर्न बिरामीहरुको एक समुह प्रयासरत थियो । सोही अन्तर्गत आज पीरका बिरामीहरुले ‘डाक्टर साप्, नडस्नोस् हाम्लाई’ शिर्षकमा चिकित्सकहरुबीच दोहोरी गीत प्रतियोगिताको आयोजना गरेका थिए ।

 

लोक दोहोरी प्रतिष्ठानका भावी अध्यक्ष तथा गायक बर्दी पङ्लेनीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा देशभरीका दोहोरी डाक्टरको उपस्थिति थियो । प्रतियोगिताकालागि ‘अनसन समुह’ र ‘मनसुन समुह’ बनाईएको थियो । मनसुन समुहले अनसनको बिरोध गरेको थियो भने अनसन समुहले आफ्ना माग प्रश्तुत गरेको थियो ।

समाचार अनुसार, दोहोरीको पहिलो टुक्का मनसुन समुहको तर्फबाट डा.होला रिजालले गरेका थिए,

‘दुख दिन्छौ आफैंलाई किन,
भोकै बसी सुतेर दिनदिन,
ससुरालीमा,
ख्यालख्यालमा ज्यान जाला यसैपालीमा ।’

जवाफमा अनसन समुहको तर्फबाट डा.भोकजित थापाले कडा प्रहार गरेका थिए,
‘तिमी नलेउ भो मेरो टेन्सन,
जावस् ज्यान तोडिन्न अनसन,
ससुरालीमा
माफिया सिध्याउंछौं डाक्टरबारीमा ।’

पालो मनसुन समुहको थियो,

‘हुति भए तिमी नि कमाउ न
अस्पताल खोलेर रमाउ न,
ससुरालमा
माफिया नभन पर्लाउ जालमा ।’

कार्यक्रममा काठमाण्डौका सरकारी अस्पतालबाट थुप्रै चिकित्सकहरु सेवा बन्द गरेर प्रतियोगितास्थल आएका थिए । उनिहरुले अनसन डाक्टरको तर्फबाट सामुहिक स्वरमा टुक्का फर्काए,

‘चिकित्सामा तस्करको जालो छ,
बाहिर सेवा भित्र काम कालो छ,
ससुरालीमा,
नाङ्गेझार पार्ने हो यसैपालीमा ।’

अनसन समुहले गायनको क्रममा ‘नाङ्गेझार पार्ने हो यसैपालीमा’ भन्दै मनसुन डाक्टरका एप्रोन के तानेका थिए, स्थिति एकाएक भड्एिको थियो । आफ्नो सम्बेदनशिल अङ्गमा छोएको भन्दै मनसुन समुह हातपातमा उत्रिएको थियो ।
कार्यक्रममा उपस्थित बिभिन्न औषधी कम्पनीका एम.आरहरु, इक्यूप्मेन्ट सप्लायर्सहरु, नीजि अस्पतालका मालिक र क्यान्टिन सञ्चालकहरुले स्थिति साम्य पार्ने प्रयास गरेपनि भड्किएका डाक्टरहरु नारा लगाउंदै दरबार मार्गतिर रड्किएका थिए ।

 

*Disclaimer: उपरोक्त रचनालाई आधिकारिक र सत्य ठानेर विश्वास पर्न गएमा हास्यास्पद हुनेछ । यो रीयल कुराहरुमाथी गजुरीयल टिप्पणीमात्र हो । *तस्विर सौजन्य: तानतुन डटकम (इन्टरनेट)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com