केरा काटेर हेर्दा तेह्रजना बेहोस

प्रकाशित मिति: २५ श्रावण २०७३, मंगलवार ००:२३

banana1केरा काटेर हेर्दा तेह्र जना बेहोस भएकाछन् । बेहोस हुनेहरुमा अधिकांस किशोर/किशोरी छन् । केही बृद्ध/बृद्धामा पनि प्रेसरको समस्या देखिएको बताईन्छ । देशभर देखिएको यो अ९ठो रोग पहिचानका लागि सरुवा रोग महाशाखाले भोली बिज्ञहरुको आपतकालिन बैठक बोलाएको छ । समाचार अनुसार, पाल्पा, रामपुरका स्थीर बहादुर थापा सपरिवार टिभी हेर्दै थिए । अचानक ‘केरा काटेर’ भन्ने गीतमा नाँच्दै ज्योति मगर झुल्किएपछि किशोर/किशोरीहरु काँप्न थालेका थिए । बृद्ध/बृद्धाहरुले पनि पेसर बढ्यो भन्दै आँखा छोपेका थिए ।

ताप्लेजुङ्, हाङ्देवाको पौडेल निवासमा गाउँलेहरु टिभी हेर्दै थिए । ‘तीज गीत’ भन्ने कार्यक्रममा ‘क्वाप्पै मुखमा हाल्छु’ भन्दै ज्योती उफ्रिन थालेपछि केही मानिसहरु बेहोस भएर ढलेको बताईन्छ । उपचारकालागि उनिहरुलाई मनाङ् एयरको हेलिकप्टरबाट कामठण्डौ लगिएको स्थानीय पेरेम पौडेलले बताए ।
‘यस्ता द्धिअर्थी गीतले किशोर किशोरी तथा बृद्ध बृद्धाहरुमा अप्राकृतिक उत्तेजना उत्पन्न हुनेगर्छ । त्यसैले उनिहरु ठाउँ कुठाउँ काँप्ने गर्छन् ।’ जनस्वाश्थ्य विशेषज्ञ डा. रवीन्द्र समीरले भने, जामा फाट्ने र केरा काट्नेजस्ता गीतलाई ‘संस्कृति’ भनुन्जेल यसको रोकथाम सम्भव छैन  ।’

 

सांस्कृतिक अभियन्ताहरुका अनुसार, यस्ता गीतले बृद्धबृद्धाहरुमा जोश बढाउने तर होस गुमाउन प्रेरित
गर्दछन् । संस्कृतिबिद् बैरागी ठाईंला भन्छन्, ‘उनिहरुलाई बेहोस हुनबाट जोगाउनपनि केराजस्ता
गीतहरुको पुर्नमुल्यांकन हुनु जरुरी छ ।’

kera
बालरोग बिशेषज्ञ डा. भएंकर शर्माले गजुरीयल डटकमलाई भने, ‘अहिल्यैदेखी किशोर किशोरीहरुलाई यसरी काँप्न र कपाउँन उत्प्रेरित गर्ने हो भने भविश्यमा उनिहरुमा प्रजनन समस्या उत्पन्न हुन सक्छ ।’

महाशाखाका प्रमुख डा. चिन्तामणी चञ्चलका अनुसार बेलैमा नियन्त्रण नगरे ‘केरा रोग’
ले नेपाली समाजलाई केराको बुङ्गो बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com