‘क्यान्सरको प्रमुख कारण सत्तामोह’ : अनुसन्धानकर्ताहरु

प्रकाशित मिति: ३ मंसिर २०७३, शुक्रबार १६:३७

लामो समयसम्म सत्तामा रहनेहरुमा क्यान्सर हुने तथ्य पत्ता लागेको छ । ‘बिशिष्ठ अवुर्द रोग अनुसन्धान समाज’ (बिअरोसस) ले आज उक्त तथ्य सार्वजानिक गरेको हो । असाध्य रोग पीडित एक दर्जन नेताहरुमा गरिएको लामो अनुसन्धानपछि संस्थाले काठमाण्डौमा पत्रकार सम्मेलन गरी यो जानकारी दिएको हो ।

‘सत्ताबाट बाहिरिनुको पिंडा नै क्यान्सरको प्रमुख कारण पाईयो ।’ अनुसन्धानकर्ता डा. सोविन्द केसीले भने, ‘यो अनौठो तथ्यलाई विश्व स्वाथ्य संगठने अनुमोदन गर्ने कुरामा हामी ढुक्क छौं ।’ अनुसन्धानमा नेपाल, भारत, पाकिस्तान,मालदिभ्स लगायत सत्ता परिवर्तन भई रहने देशका बिज्ञहरुको सहमभागिता थियो ।

टोलीमा मनोचिकित्सक, समाजशाष्त्री, एनेस्थेटिष्थ, सर्जन तथा दर्जन नर्सहरुको सहभागिता थियो ।दक्षिण एसियाका रोगी तथा स्वश्थ नेताहरुलाई गोप्य प्रयोशालामा राखी एक महिनासम्म गहिरो अनुसन्धान गरिएको थियो ।

टोलीले नेपाल सरकारलाई आज अनुसन्धानको उक्त प्रतिवेदन बुझाएको छ । होटल सोल्ड टीमा आयोजित पत्रकार सम्मेलनमा ‘सत्ता वियोगले कसरी क्यान्सर हुन्छ’ भन्ने बारेको रिसर्च थ्रि डि एनिमेसन पनि देखाईएको थियो ।

भिडियोका अनुसार, सत्ता वियोगले तनाव हुने, तनावले निन्द्रा नलाग्ने, अनिन्द्राले ग्याष्टीक हुने, ग्यास्ट्रिक बिग्रिएर अल्सर र अल्सर बिग्रिएर क्यान्सर बन्ने दाबी कुरा थ्रि डि भिडियोमा देखाईएको छ । जुनकुरा अधिकांस रोगी नेताहरुको जिवनसंग मिल्दोचुल्दो देखिन्छ ।

सम्भावित क्यान्सरबाट बंच्न सत्ता मोह त्याग्न नेताहरुलाई बिज्ञहरुले अनुरोध गरेका छन् । रोग लागि सकेका नेताहरुले आफ्नै खर्चमा उपचार गरेमा भने निको हुन सक्नेपनि उनिहरुले बताए । राष्ट्रिय ढुकुटी रित्याएर उपचार गराएमा जनताको गालीले गर्दा अर्को ठाउंमा पनि रोग सर्न सक्ने तर्फअनुसन्धानकर्ताहरुले सचेत गराएकाछन् ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com