‘फाल्नु भएको खैनी हैन, ईज्जत हो ।’ -मन्त्रीज्यूको जीनि सचिवालय

प्रकाशित मिति: १८ पुष २०७३, सोमबार १५:५७

arशहरी विकासमन्त्री अर्जुन तर्सिंंह केसीको जीनि सचिभाालयले ‘खैनी काण्डको’ खण्डन गरेको छ । आजको संसद बैठकमा मन्त्री केसीको अस्वाभाविक भिडियो भाईरल बनेपछि सामाजिक सञ्जालमा महाप्रलय आएको थियो । प्रलयलाई रोक्न सोमबार अबेर खण्डन सहितको उक्त बिज्ञप्ती निकालिएको हो ।

‘मन्त्रीज्यूको भिडियोप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ ।’ मन्त्रीका खैनी सचिब बलवान केसीद्धारा हस्ताक्षरित उक्त विज्ञप्तीमा अगाडी भनिएको छ, ‘उहाँले खाएको खैनी भएपनि फालेकोचाहीं खैनी नभएको जानकारी गराउदछु ।’ क्यामेरा पर्सनप्रति आक्रोष ब्यक्त गरिएको बिज्ञप्तीको अन्तिममा भनिएको छ, ‘मन्त्रीज्युले खैनी हैन, ईज्जत फाल्नु भएको हो ।’

भिडियोमा देखिए अनुसार, संसद बैठक चलि रहेका बेला मन्त्री केसी शुरुमा खसीले घाँस चपाएजस्तो चपाउंदै देखिन्छन् । त्यसपछि रांगाले अघाएर उग्राएजस्तो गर्दै आफ्नै हातमा झारफुक गरेझैं देखिन्छन् । । अन्त्यमा,हातको चिजलाई हस्तान्वीरले सिङ्गानवीरलाई पछारेझैं भुईंमा पछारेको दृष्य भिडियोमा देखिन्छ ।

पार्टीले आधिकारिक रुपमा यस बारेमा केही बोलेको छैन । तर, नाम नबताउने शर्तमा कांग्रेसका नेता बेनाम समाजवादीले गजुरीयल डटकमलाई भने, ‘हाम्रा नेतालाई खैनी र बैनी छुटाउनै सकिएन, क्यार्नी होला !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com