गज्जब खबर अफ दि इयर २०७३

प्रकाशित मिति: ७ बैशाख २०७४, बिहीबार ०५:४१

१.मार्क्सबाददेखी मासुभातसम्म  babauram
डा. बाबुराम भट्टराईलाई मार्क्सबादका पुजारी तथा माओवादका पण्डित मानिन्थ्यो । तर एक्कासी दुबै बिचारलाई अचार बनाएर नयाँ शक्ति बिचारधारा धारणा गरेपछी उनी ‘गज्जब ब्यक्ती अफ द ईयर बन्न पुगेको गजुरीयल ठम्याई छ ।

बाबुराम सरको चमत्कारी परिवर्तनले उहाँलाई ‘गुरु’ मान्ने मात्र होइन, ‘गोरु’ ठान्नेहरुपनी ट्वा परे । बाबुराम सरको यो परिवर्तनलाई कसैले सैदान्तिक स्खलन मान्दछन् भने कोहि मार्क्सबादलाई मासुभातसंग सट्टापट्टा गरेको ठान्दछन । जे भएपनी डाक्टर सा’बको यो भ्रान्तीकारी छलांगलाई ‘गज्जब खबर अफ द ईयर’ घोषणा घोषणा गरिन्छ ।

२.जोडम् कि फोरम् !
ashokअशोक राई दाजु र उपेन्द्र अन्कलको पार्टी एकतापनी गज्जब खबर अफ द इयर रह्यो । अशोक दाइ देशको कुरा गर्थे, उपेन्द्र काका मधेसको कुरा गर्थे । यी दुई शक्तिलाई मिलाएर संघीय समाजवादी फोरम बनेपछी देश र मधेशबिच टुटेको प्रेम जोड्ने अपेक्षा थियो ।

तर, अहिले अशोक दाईको चर्चा न संघीयमा सुनिन्छ न त फोरममा भेटिन्छ । बरु उपेन्द्र काका पहिलेभन्दा बढी दिल्ली काठमाडौको यात्रामा देखिन्छन् । आसलाग्दो केटो जेठाजु परेझैं आशलाग्दा नेता अशोक यता न उता भएकाले यो ‘गज्जब खबर अफ द इयर’ बन्न पुगेको हो ।

३.जन्ती परिषदको बरियता बिबाद
nidhiमन्त्री भन्नाले देश र जनताको चिन्ता मनैदेखी लिने पद र जन्ती भन्नाले भोजभतेरमा राम रमाईलोलाई बुझिन्छ । बर्तमान मन्त्री परिषदका दुई उप प्रधानमन्त्रीबिचको अर्मयादा बिवाद हेर्दा उनिहरुलाई मन्त्री हैन, जन्ती मान्नु पर्ने देखिन्छ । र, मन्त्री परिषद हैन,जन्ती परिषद ठान्नु पर्ने देखिन्छ ।

देश बनाउने कुरामा हैन, दुई उप प्रधानमन्त्रीहरुको बिबाद तिमी एक नम्बर कि म एक नम्बर भन्ने कुरामा लफडा भएको छ, त्यो पनि सार्वजानिक स्थलमा । यस्तो घटना सन्सारम बिरलै हुने गरेकाले यो काण्ड ‘गज्जब खबर अफ द ईयर’ भएको गजुरीयल ठम्याई छ ।

४.लोकमानको जागमन
loलोकमान कार्की, नेपालको इतिहासमा सर्वाधिक ‘प्रिय’ नाम हो । ‘प्रिय’ यस अर्थमा कि कैले ‘प्रिय’को अगाडि ‘लो’ राखे भने कसैले ‘अलोक’ राखे । अख्तियारको प्रमुख रहेका लोकमान कसैकालागी आस थिए, धेरैकालागि त्रास थिए ।

तर,  लाष्टमा न आश गर्नेले सोचे जसरी भ्रष्टलाई भकुर्न सके, न त गरेजस्तो लास बनाउन नै सक्षम भए ! लोकमान कान्ड ‘हाती आयो हाती आयो फुस्सा’ भएकाले लोकमानको जागमन ‘गज्ज्ब खबर अफ द इयर रहेको हो ।

५.उखान आतंक
maxresdefaultउखान भन्नासाथ अहिले ‘ओली’ बुझिन्छ । ओलीको उखानलाई गोलीसंग तुलना गरिन्छ । समर्थककालागी उनको उखान राष्ट्रबादको शंख हो, बिरोधीकालागी खोक्रोबादको घण्ट हो । यस बिषयमा तर्क आ-आफ्ना  होलान तर उखानको आतंक त भएकै हो ।

ओलीका उखानले कसैलाई सिटामोलको गोलीले झैं शान्त बनाएको होला, कसैलाई बन्दुको गोलीले झैं घाइते बनाएको होला । जुन गोलीको काम गरेपनि ओलीको उखानको बखानलाई उखान आतंकको रुपमा ‘गज्ज्ब खबर अफ द इयर’को रुपमा लिइएको छ ।

६.देश खारेजीदेखी डिभी खारेजीसम्म
trumहिसिला दिज्युको जिब्रो चिप्लिएको, डिभी प्रेमीका लागि ट्रम्पको जित आतंक, रबिन्द्र मिश्रको साझा पार्टि ताजा घोषणा, क्रान्तिकारी रेखा थापाको थाप्रपा जागमन, रन्जित रेको नियमित सकृयता, पशुपती समसेरको टाउका आफ्नै सरकारको डण्डोपहार, आफ्नै बिरोधमा कमल थापाको धर्ना ड्रामा, गित रच्ने कोमलको टाउकामा प्रहरीको तबला तबला बादनजस्ता कुरा पनि ‘गज्जब खबर अफ द इयर’ रहेको गजुरीयल ठम्याई छ ।

तपाईंको थप ठम्याई केही छ कि ?

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com