मुसहर बस्तीभन्दा ठुलो आयोजना : चुपचाप हस्तान्तरण

प्रकाशित मिति: १२ बैशाख २०७४, मंगलवार १६:३८

भुकम्प पछिको पुर्ननिर्माणमा धुर्मुस सुन्तली फाउण्डेसनको निकै चर्चा भयो । त्यसपछि एक्लै वस्ती बनाउने धादिंगका दिनेश तामांग चर्चित भए । तर, यी भन्दा ठूला आयोजनाहरु हल्लाखल्ला बिनै निर्माण सम्पन्न भएकाछन्  । आज ती आयोजना भुकम्प पीडितहरुलाई चुपचाप हस्तान्तरण गरिएका छन् । हेर्नोस्, मनै भरंग पार्ने फोटो कथा :

औधरी ग्रुपको अन्डर वाटर सिटी:

मूलूकको प्रतिष्ठित व्यापारिक प्रतिष्ठान औधरी ग्रुपले फेवाताल मुनी बनाएको अत्याधुनिक वस्ती आजै गोर्खाका भुकम्प पीडितलाई हस्तान्तरण गऱ्यो । दुई बर्ष अघि भुकम्प पीडितलाई एक हजार वटा घर बनाई दिने घोषणा गरेको थियो ।14प्रतिष्ठानको २५ करोड तथा बांकी दाताको अनुदानमा बनेको यो अद्भुत सिटीमा पुग्न लाप्राकबाट ८० किलो मिटरको सुरुंग बनाईएको छ । पानी मुनी बनाईएको यो बस्ती विश्वमै नौलो प्रयोग हो । वस्तीमा धादिंग र गोर्खाका हजार परिवारहरु बस्छन् । उनिहरुको जिविकोपार्जनकालागि पानी मुनी खेतीको बिकास गरिएको छ ।
एनआरएन इन्टरनेशल भिलेज दोलखा

उता गैर आवासीय नेपाली संघले ३५ खरबको लगानीमा दोलखाको अति प्रभावित च्यामा गाउंमा इन्टरनेशनल भिलेज सिटी निर्माण गरेको छ । सिटीमा चीनको स्वसासित तिब्बतको ना प्यो शहरबाट सोझै रेलसेवा पनि जोडिएको छ ।13अमेरिकन इन्जिनियर, रसियन डिजाईनर, अष्ट्रेलियन कन्ट्र्याक्टरको सहकार्यमा निर्माण भएको सो बस्तीमा सिन्धुपाल्चोक र दोलखाका बिपन्न भुकम्प पीडितलाई हस्तान्तरण गरिएको छ । बस्तीमा बैंक, बिद्यालय, मेट्रे तथा मनोरञ्जनकालागि मिनि डिज्नील्याण्डको पनि स्थापना गरिएको छ । भुकम्प दिवसको अवसर पारेर एनारान अध्यक्षले अनलाईन हस्तान्तरण गरेको थिए ।

सरकारको स्काइ टाउन

अर्बौको सहयोग र अनुदान आएपनि पुर्ननिर्माणमा सरकार निस्क्रिय रहेको जन आक्रोस आइरहेको बेला प्रधानमन्त्रीले आज सिन्धुपाल्चोकको हेलम्बुको आकासमा ग्लोबल स्काइ टाउन भुकम्प प्रधावितलाई हस्तान्तरण गरेकाछन् ।12अमेरिकन स्पेश कम्पनीको आर्थिक सहयोग तथा पुर्ननिमाण आयोगको संयोजनमा दुईबर्ष लगाएर तयार पारिएको यो बस्ती आकासमा तैरिने भएकोले भुकम्पको कुनै गुञ्जायस नभएको सरकारका बिज्ञानमन्त्रीले बताए । विश्वमै नौलो प्रयोग भएकाले सुरक्षार्थ यो वस्तीलाई गोप्य राख्नु परेको प्रोजेक्ट कोअर्डिनेटर जर्ज डलरले बताए ।

 

vv

 

 

 

अनुमती बिना साभार गर्न अनुमती छैन #

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com