जाँदाजाँदै प्रधानमन्त्रीले क्यारिकेचरिष्टहरुलाई यसो भने…….

प्रकाशित मिति: १० जेष्ठ २०७४, बुधबार १७:०७

prachanda-rajinama-4जाँदाजाँदै प्रधानमन्त्री पुष्प कमल दहाल ‘प्रचण्ड’ले ब्यंग्यकारहरुको चित्त नराम्रोसँग दुखाएकाछन् । बुधबार राष्ट्र्का नाममा संबोधन गर्ने क्रममा उनले यस्तो गरेका हुन् । देशबासीलाई मसालेदार संबोधन गर्दा आफुहरुलाई भने राम्रो मसला दिन कन्जुस्र्यांइ गरेको उनिहरुको बुझाई छ । आफुहरुले प्रयोग गर्दै आएको ‘प्रचण्ड मसला’लाई पनि प्रधानमन्त्रीले संबोधनकै क्रममा खारेज गरेपछि ब्यंग्यबादीहरुले संबोधनप्रति बुँदागत रुपमै आपत्ती जनाएका हुन् ।

आपत्ति प्रकट गरिएका बुँदाहरु

१. आजको संबोधनमा प्रधानमन्त्रीले एक पटकपनि ‘मने’ भनेनन् । मने बिहिन संबोधन उखान बिहिन ओलीजस्तै थियो । आफ्नो नक्कल गर्दा मने, मने भन्ने ब्यंग्यकारहरुलाई प्रचण्डको यो मौनतोड जवाफ थियो । त्यसैगरी संबोधनका क्रममा परम्परागत प्रचण्ड शब्दहरु ‘निश्चित रुपमा’, ‘ठम्याई छ’, ‘अवस्था हो’जस्ता कुनै शब्द प्रयोग भएका छैनन् । प्रचण्डको यो प्रयासलाई क्यारिकचरिष्टहरुलाई अप्ठेरो पारेको ब्यंग्य बाहिनी मोर्चाले बताएको छ ।

२. आधा घण्टाको संबोधनमा प्रधानमन्त्रीले २ पटकभन्दा बढि कुम हल्लाएनन् । आफ्नो क्रान्तीकारी कुम हल्लाईलाई नियन्त्रण गरेर प्रचण्डले हास्यब्यंग्यकारलाई हल्का दनक दिएको मोर्चाको ठम्याई छ । कुम नहल्लाउने प्रचण्डको नक्कल गर्न आफुलाई उप्रान्त थप प्राक्टिस गर्नुपर्ने उनिहरुको बुझाई छ । आफ्नो अस्वाभाविक बडि ल्याङ्वेजलाई सुधार गरेर प्रचण्डले आफुहरुलाई हल्का दनक दिएको मोर्चाको आरोप छ ।

३.सत्ता छोड्नुको पिंडामा प्राय नेताहरुमा देखिन्छ । प्रचण्डले पनि रुँदै राजिनामा दिनेछन् भन्ने हल्ला हिजैदेखि चलेको थियो थियो । ‘रुन्चे प्रधानमन्त्री’को भिडियो भाइरल बनाउन आतुर युट्यबरहरुलाई प्रधानमन्त्रीले निलो बनाई दिएकाछन् । ‘नैतिकताको खडेरी तोड्छु’ भन्दै सहज रुपले बिदा भएका प्रधानमन्त्रीले ‘आजिवन आलोचक’हरुलाई असहज बनाएकोमा पनि मोर्चाले अघोर आपत्ती जनाएको छ ।

४.लामो संबोधन पढ्ने क्रममा पनि प्रधानमन्त्रीले ब्यंग्यकारहरुको चित्त दुखाएको मोर्चाको बुझाई छ । बोली कहांतिर बिग्रिएला, शब्द उच्चाहरण कता चिप्लिएला भनेर आश गर्दै बसेका मोर्चा सदस्यहरु माथी प्रधानमन्त्री हदैसम्म खनिएको ब्यंग्य बाहिनिको बुझाई छ । ‘अपितु’ एउटा शब्दमा अड्किनु बाहेक प्रधानमन्त्रीको संबोधन धारा प्रवाह गएको थियो । संबोधनअघि प्रधानमन्त्रीले निकै लामो रिहर्सल गरेर ब्यंग्य बाहिनीका सदस्यहरुप्रति अनुदानर बनेकोमा मोर्चा गजधम्म परेको छ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com