दार्जिलिङ आन्दोलन सन्दर्भमा प्रधानमन्त्री

प्रकाशित मिति: ५ असार २०७४, सोमबार १३:४५

देउवा सरकार,
नीजि सचिवालय
काठमांडु, नेपाल ।

बिषय: दार्जिलिङ आन्दोलन सन्दर्भमा  प्रधानमन्त्री ।

उपरोक्त बिषयमा हाल दार्जिलिङमा चलिरहेको आन्दोलनप्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । त्यहाँ दुई नेपालीभाषी मारिएकोमा हामी झनै मर्माहत भएका छाैं । नेपालको सिमानामा हुने जुनसुकै गतिविधिले हाम्रो सुरक्षा ब्यबस्थामा गम्भीर असर पुग्दछ । त्यसैले, सबै पक्षलाई समेटेर समस्याको निकास दिनु पर्दछ । यसकालागी भारतले आफ्नो आन्तरिक लोकतन्त्र सुदृढ गर्नुपर्दछ । आफ्ना नागरिकका जायज माग तुरुन्त सम्बोधन गर्नुपर्दछ ।

असल छिमेकीको तर्फबाट भारतले नेपालको आन्तरिक मामलामा यसरी ‘सुझाव’ दिने गरेझैं हाम्रा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यसरी नै ‘सुझाव’ दिएर बिज्ञप्ती ठोक्न मिल्दैन ?

*बोधार्थ: लैनचौर दुताबास, काठमांडु ।

*पत्रकार राजेन्द्र फुयालले आफ्नो फेसबुकमा  खडा गरेको रीयल प्रश्नमाथी गजुरीयल जवाफ

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com