‘उस्तै लाग्ने प्लास्टिकका चामल यसरी चिन्नुहोस् ।’ -खाद्य भिबाग

प्रकाशित मिति: २८ असार २०७४, बुधबार १६:२१

काठमाण्डौमा प्लास्टिकका चामल बिक्रेता पक्राउ परेपछि खाद्य भिबागले सबैलाई सचेत रहन सुझाव दिएको छ । धानकै चामलजस्तो देखिने प्लास्टिकको चामल मानव स्वाश्यकालागि निकै हानिकारक मानिन्छ । भिबागले चामल किन्दा सक्कली नक्कली छुट्याउन अनुरोध समेत गरेको छ । भिबागका चामल बिशेषज्ञले भनेकाछन्, ‘प्लास्टिकको  चामल चिन्न निम्न उपाय अपनाउनु होस् ।’

१। प्लास्टिकको चामल छाम्दा गिलो टोक्दा ढिलो हुन्छ ।

२। प्लास्टिकको चामलमा बियाँ हुँदैन, खिया भेटिन सक्छ ।

३। घुनको साटो सुन र कनिकाको साटो नुनको ढिका हुनसक्छ ।

४। दुई किलोको झोलामा प्लास्टिकको चामल चारकिलो अँट्छ ।

५। चामल पखाल्दा पानी तल बस्छ, प्लास्टिकको चामल माथी तैरिन्छ ।

६। प्लास्टिकको चामललाई पिठो पिस्दा सोझै रोटी बन्छ ।

७। प्लास्टिकको चामल पाक्न कम्तिमा २२४ सिठ्ठी वा १२ घण्टा लाग्छ ।

८। बेलुकाको खाना बिहानै र बिहानको खाना बेलुकैबाट पकाउन शुरु गर्नुपर्छ ।

९। यो भात निलियो भने पेटमा पुग्न पन्ध्र दिन लाग्छ ।

११। पेटमा पुगेपनि पच्ने संभावना ०.०००००००%  मात्र रहन्छ ।

१२। बाहिर निस्किने संभावना छैन किनभने प्लास्टिक चेप्टो बनेर द्धारमा बिर्को लाग्छ ।

आज्ञाले
चामल बिशेषज्ञ
खाद्य भिबाग

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com