महात्मा गौतम बुद्ध डाक्टर पनि थिए भन्ने विषयमा…

प्रकाशित मिति: ६ चैत्र २०७४, मंगलवार ०५:२६

‘मोटिभेटर’ हुन्
अंगुलीमाल नामको अपराधीको कथा सुन्नोस् । उ मान्छे मार्थ्यो र त्यसको औंला काटेर माला लगाउथ्यो । सबैजना उबाट अत्यन्तै डराउंथे । तर महात्मा बुद्धले उसलाई यसरी उत्प्रेरणा दिए कि अंगुलीमाल बुद्धको पाउमा पऱ्यो र भिक्षु बनेर उनको चेला भयो । यो अर्थमा बुद्ध एक प्रभावशाली ‘मोटिभेटर’ पनि हुन् ।

‘साईकोलोजिष्ट’ हुन्
राजादेखि रंकसम्म सबैको जीवनमा दुख छ । दु:ख मानिसको कर्मको फल हेन, त्यसको वैज्ञानिक कारण छ । बुद्धले मनको गहन अध्ययनपछि यही घोषणा गरे । भाग्यवाद र कर्मवादमा जकडिएको तत्कालिन समाजलाई यस्तो तथ्य दिने यी महात्मा मनोवैज्ञानिक पनि हुन् ।

 

‘डाक्टर’ हुन्
जीवनमा दुख छ, दुखको कारण छ, कारणको निराकरण छ—उहाँले पत्ता लगाएको तथ्य यही हो । दुखको कारण हाम्रो मन हो । मनको मनोवैज्ञानिक अपरेसन गर्नुपर्छ । सम्यक दृष्टि, सम्यक वाणी, सम्यक भोजन, सम्यक साधनाद्धारा दुखको रोगबाट मुक्ति सम्भव छ । यो कुरा उनले लाखौं भिक्षुहरुलाई प्रयोग गरेरै देखाई दिए । यस अर्थमा गौतम बुद्ध एक डाक्टरपनि हुन् ।

‘सोसियल एक्टिभिष्ट’ हुन्
बौद्ध धर्मका प्रवर्तकका रुपमा मात्रै बुझियो भने गौतम बुद्धको अपमान हुनजान्छ । बुद्ध भनेको नाम हैन, चेतनाको त्यो अवस्था हो जहां जन्म, जिवन र मृत्यूको रहस्यको बोध हुन्छ । त्यसलाई बुद्धत्व भनिन्छ । प्रयोग, बोध र अनुभुतीबाट प्राप्त ज्ञानद्धारा तत्कालिन समाजलाई शिलवान बन्न उत्प्रेरणा दिने सामाजिक अभियन्ता पनि हुन् ।

‘साईन्टिफिक रिसर्चर’ हुन्
मान्छे बिरामी हुन्छ, बुढ्यौली लाग्छ र उ एकदिन मर्छ । तर किन ? यो विषयमा सिद्धार्थ गौतमले लामो अनुसन्धान गरे । घरबार छोडे, समाज त्यागे, शरीर माया मारे । अनुभुतीको गहिराईमा पुगे । त्यसपछि उपरोक्त प्रश्नहरुको उत्तर निकाले । यस अर्थमा गौतम बुद्ध शोधकर्तापनि हुन् ।

बुद्धको धार्मिकता बोध र अनुभुतीमा आधारित छ । कुनै शाष्त्र वा प्रवचनबाट बुद्ध आएका हैनन्, गहिरो साधनाद्धारा पत्ता लगाएका बैज्ञानिक अनुभव नै बुद्धका सन्देशहरु हुन् । धनी, गरीब, सानो, ठूलो, बलियो, कमजोर सबैलाई उनका देशनाले जागृत गराउंछ । अन्धविश्वास, शोषण, उत्पीडन, भेदभावभन्दा पर छ उनको देशना । समतामूलक स्वभाव र समतामूलक समाज नै बुद्धको मुख्य सन्देश हो ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com