राजनीति बाहेकका खबर किन मुख्य बन्दैनन् ? पढ्नोस् भित्री कारण र बाहिरी निराकरण…

प्रकाशित मिति: १६ चैत्र २०७४, शुक्रबार १५:१२

अखबार पढ्नोस्, न्यूज हेर्नोस्, समाचार सुन्नोस्, सोसल नेटवर्क फलो गर्नोस्, अपडेट्सहरु संग अपडेट रहनोस्, अनलाईन भिजिट गर्नोस्, पोर्टल पछ्याउनोस्— जहाँ पनि राजनैतिक बिषयमात्र प्रमुख समाचार बन्छ । किन होला ?

चिया खाने बेलामा, जन्ती जाने बेलामा, कुरुवा बस्दा, आफन्त खस्दा, मलामी बन्दा, खेत खन्दा, लञ्च टाइममा, डिनरको मौकामा— सबैभन्दा बढि राजनीतिकै कुरो हुन्छ, किन होला ?

किन भने कि हामीलाई राजनीतिको राजनीतिको रेबिज लागेको छ कि भने पोलिटिक्सको सरुवा रोगले समातेको छ । अथवा नेता फोबिया भएको हुनुपर्छ वा हामी सबै पोलिटिक्स मेनियाले ग्रस्त छौं ।

यी रोगको तत्काल उपचार नभए अधिकांस जनता रोगग्रस्त हुन्छन् । सिंगै देश भोक र शोकग्रष्त हुने पक्का छ । हरेक स्थानमा राजनीतिलाई नै छलफल, चर्चा र बहसको बिषय बनाई रहने हो भने एकदिन हामी कोही पनि जनताको रुपमा रहने छैनौं । बिभिन्न पार्टीको हनुमान वा बिरोधी मात्र बन्ने छौं ।

राजनीति बाहेक समाजमा सयौं बिषय छन् । कला, साहित्य, संस्कृति, धर्म, बिज्ञानजस्ता बिषय मिडियाको प्रमुख समाचार त बनेनन् बनेनन्, हामी सर्ब साधारणको चिया गफमा पनि पर्दैनन् । भट्टी पसलदेखि पाँचतारेसम्ममा मोदी वा डोनाल्ड ट्र्म्पभन्दा तलको बिषयमा बोल्न बर्जित हुन्छ ।

मान्छेको दिमाग एकदमै खुराफाती हुन्छ । उ एक ठाउंमा चुप लागेर बस्न सक्दैन । बरु प्रकासको गतिलाई रोक्न सकिएला, बिचारको स्पिडलाई ब्रेक लगाउन गाह्रो हुन्छ । रहस्यदर्शी ओशो भन्नु हुन्छ, ‘बिचारलाई रोक्न सकिन्न त्यसलाई राम्रो काममा लगाउन सकिन्छ ।’

मलामी जाँदा अब राजनीतिको कुरै नगरौं । नगरौंमात्र हैन, सोच्नपनि नसोचौं । जुन सन्दर्भमा सहभागी छौं, त्यही सन्दर्भको प्रसंग चलाऔं । जन्म र मृत्यू, नाम र बदनाम, दण्ड र क्षमाजस्ता बिषय मलामी जाँदा गर्न सकिन्छ । कुनै मान्छेको मृत्यूको समयमा ओली वा प्रचण्डको सर्मथन वा बिरोध गर्नु मुर्ख्याईं हो ।

जन्ती जाँदापनि कांग्रेस र कम्युनिष्टको प्रसंग चलाउनु हुन्न । प्रेमका कुरा हुन सक्छन् । बिवाहका चर्चा चल्न सक्छन् । डिभोर्समा बिषय उठ्न सक्छन् । सुहागरातको बिज्ञान र हनिमुनको ज्ञानको बहस हुन सक्छ तर राजनीति त्यहाँ पटक्कै सुहाउँदैन ।

यो त आम मानिसमात्र हैन राज्यको चौथो अंग मानिनेसञ्चार क्षेत्रले पनि बुझ्नु पर्छ— राजनीति बाहेक बिज्ञान, इतिहास, संस्कृति, अर्थतन्त्र, आध्यात्म, खगोल लगायत थुप्रै बिषयमा छन् । यी चाहीं किन मुख्य समाचार नबनेका होला ?

पाठक, श्रोता र दर्शकले के चाहान्छन् त्यही मात्रै दिने हो भने त राष्ट्र्को जिम्मेवार अंग किन भन्ने ? गैह्र जिम्मेवार भएर दर्शक पाठकको मनले माग्ने रासलिलाका फोटा र कृष्ण लिलाका समाचारमात्रै पस्किए भै गयो नि !

तसर्थ दर्शक, श्रोता र पाठकले मागेको मात्र दिने हैन, के दिंदा देश र जनताको भलो हुन्छ, त्यो पो दिने हो त !  हैन र ?

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com