ब्यालेन्स जोगाउने आधा दर्जन उपाय

प्रकाशित मिति: १७ चैत्र २०७४, शनिबार ११:४९

बैंकमा ब्यालेन्स होस् नहोस्, मोबाईलमा ब्यालेन्स हुनु जरुरी छ । ब्यालेन्स हुनासाथ डाटा चलाएर, कल गरेर सिध्याई हाल्ने बानीले कैलेकाहीं ज्यादै आपत् पार्छ । बिरामी हुँदा, दुर्घटना पर्दा, चोर पस्दा, डाका घुस्दा मोबाईलको ठूलो महत्व हुन्छ । त्यसैले मोबाईलमा ब्यालेन्स जोगाउने आधा दर्जन उपायहरु यहाँ प्रस्तुत गरिन्छ ।

१.मोबाईलमा गरिने कुराकानीलाई कुलोजस्तो नघुमाउने, सियोजस्तो सोझो र छोट्टो बनाउने ।

२. प्रेमि/प्रेमिकासंग बिगतको कथा र भविश्यको ब्यथा बल्झाउन नथाल्ने, तत्कालिन बिषयमा केन्द्रित रहने ।

३. पाहुना लाग्नासाथ सञ्चो बिसञ्चो सोध्न छोडेर वाईफाईको पासवर्ड मागीहाल्ने र च्याट मार्फन् हाल खबर सोध्ने

४. सकेसम्म मिसकल गर्ने । कल गर्नैपरे थोरै बोल्ने र कलब्याक गर्न आदेश दिने

५. छिमेकीसँग सुमधुर संबन्ध राख्ने जसको कारणले पत्नीलाई थाहा नदिईकन तपाईंलाई पासवर्ड दिन सकोस्

६. मोबाईल खल्तीमा राख्ने तर फोन घरमै छुटेछ भन्दै साथीसंग मोबाईल मागेर कल गर्ने बानीको बिकास गर्ने

-गजुरीयल कुरा

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com