मृत्यू जीवनको अन्त्य हैन, अर्को ‘महाजिवन’को शुरुवात हो मदनदाई….

प्रकाशित मिति: २० चैत्र २०७४, मंगलवार ०४:१०

यसोदा भाउजु, तपाईं भौतिक रुपमा अब हामी बिच रहनु भएन ! प्रकृतिमा विलिन भएको तपाईंको भौतिक शरीरलाई हार्दिक श्रदान्जली । शोक सन्तप्त मदनदाई सहित सपरिवारमा समवेदना !

अस्तित्वमा समाहित भाउजुको आत्माले चाँडै शान्ति प्राप्त गरोस् । हाम्री गुरुपत्नी हुनुको नाताले मात्र हैन, एउटा उत्प्रेरक नारीकाे नाताले तपाईंलाई हामी कहिल्यै बिर्सने छैनौं ।

 तपाईंले अन्ध विश्वासले जकडिएको तत्कालिन‌ नेपाली समाजमा पनि अन्तरजातीय वैवाहिक जीवनलाई सहज र सफल बनाउनु भयो ।

तपाईं आफूले घर परिवारको जिम्मा लिएर देशलाई मदनकृष्ण दाइजस्तो महान् मान्छे दिनु भयो ।

क्यान्सरजस्तो ज्यानमारा रोगसँग लामो समयसम्म लडेर यही रोगसँग जुधि रहेकाहरुलाई बाँच्न प्रयास गर्ने उत्प्रेरणा दिई रहनु भयो ।

अन्त्यमा,
मदन दाई, तपाईंआफैँ रोगसँग लडिरहनु भएको छ । त्यसमाथि पत्नीवियाेगकाे पिंडा थपिंदा तपाईं र तपाईंको परिवार कस्तो अवस्थाबाट गुज्रि रहेको छ, हामी अनुभुत गर्न सक्छौं । तर, मृत्यू जीवनको अन्त्य हैन अर्को महाजिवनको शुरुवात हो मदनदाइ ! याे‌ तत्त्वलाई बोध गरेर आफूलाई बलियाे बनाउनु होला । हामी सधैं भरी तपाईंको अभिभावकत्वको अपेक्षा गर्दछौं ।

तपाईंको सक्रियता, निरन्तरता र आत्मविश्वास नै यसोदा भाउजुको आत्मलाइ शान्ति दिने सही‌ उपाय हाे । सबैको मंगल होस्, सधैंको मंगल होस् । ॐ‌ शान्ती ! शान्ती ! शान्ती !

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com