दिल्ली भ्रमणको वास्तविकता : किन ‘ब्ल्याक आउट’ गरियो समाचार !

प्रकाशित मिति: २५ चैत्र २०७४, आईतवार १२:०९

हामीलाई आफ्नो भ्रमण टोलीमा सहभागी गराउनु भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धेरै धन्यवाद । तर, यो समाचारलाई पुरै ब्ल्याक आउट गर्ने नेपाली मिडियाप्रति हार–दिक्क गुनासो छ । नेपाली हास्यब्यंग्यप्रति सञ्चार माध्याम यति पुर्वाग्रही हुनु पटक्क राम्रो हैन । बरु भारतीय सञ्चार माध्यामले ‘भारतीय मोदीेके साथ नेपाली मोदी’ शिर्षकमा समाचार छापे तर अधिकांस नेपाली सञ्चार माध्यामले यसलाई पुरै ‘हाईड’ गरे । यसर्थ आत्म–प्रचार गर्न बाध्य भएको छु ।{नक्कली मोदीसाग लाईभ अन्तरवार्ताकालागि हातहतियार सहित लालकिल्ला मैदानमा जम्मा भएका भारतीय सञ्चार माध्यामका लस्करहरु ।}

भ्रमणको एक दिन अघि प्रधानमन्त्री मोदीले आफ्ना समकक्षी केपी शर्मा ओलीलाई फोन गरेका थिए, ‘मेरा मिमिक्री उतार्नेवाला गुजरालजी भि टिममें होना चाहिए ।’ जवाफमा प्रधानमन्त्री ओलीले, ‘मेरा मिमिक्री करनेवाला धुर्मुसेको भि ले आउा क्या ?’ जवाफमा मोदीले ‘आपका मिमिक्री राजपाल यादव करेगा’ भनेपछि म एक्लै परेको थिएं ।  {दुईजना मोदीलाई एकैपटक देख्दा आत्तिएर भाग्दै गरेका एक अबोध बालक}

आज बिहान प्रधानमन्त्री मोदीसाग ‘वान टु वान’ कुराकानी गर्ने मौका मिलेको थियो, जुन अत्यन्तै गोप्य राख्न भनिएको छ । गोप्य राख्न भनिएकाले भिडियो तथा तस्वीर खिच्च सकिएन । तर, भारतको चर्चित अनलाईन ‘फेकन्यूज डटकम’ले मेरो दिल्ली भ्रमणको  फोटो सार्वजनिक गरेको थियो ।
{भ्रमणलाई सहज बनाउन नियुक्त गरिएका ‘इन्टिच्युट फर पिस एण्ड कन्फ्लिक्स्ट’ स्टडीजका सिनियर फेलो डा.प्रमोद जयसवालसंग}

‘वान टु वान’ कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले दाहिने हात मिलाउादै देब्रेले मेरो पिठ्यूामा धाप मार्दै भने, ‘मित्रों, आपने मेरा बडी ल्याङ्वेज, गेटअप और मेकअप दुरुस्त उतारा था । आवाजमें भि दम था, लेकिन थोडा कम था । और आवाजमें एकरुपता नही था..हा….।’ ‘था..हा.’ गरेर लामो स्वास छोड्दा बगैंचाका सबै चराहरु उडेका थिए । जवाफमा मैले भनें, ‘थ्याङ्क्यु मिस्टर पिएम्, अब आप भि करनी और कथनीमें एकरुपता लाईए, हम भि आवामें एकरुपता लाने केलिए प्रयास करेंगे ।’ पााच मिनेट सम्म भएको हाम्रो संवादको पुरा बिवरण तल छ ।

{भ्रमणलाई बिशेष बनाउन सडक गर्दै सफाई कर्मचारीहरु}

हाम्रो वान टु वान वार्ताको लाप यस्तो थियो :-

-‘दिलवालोंकि दिल्लीमें आपका स्वागत हैं गुजरालजी ?
‘थ्याङ्क्यू प्राईममिनिस्टर । बट नट गुजराल, आई एम गजुरेल ।’
-‘ओह, ओके । रेल वीथ गजुर ?’
‘यस, हजुर ।’
‘बांकी सब् मजामा ?’
‘नही, सब् जुत्तामा । आप केमा ?’
-‘जी, मैं पायजामा  ।’
‘आपने कहा कि सिमासे काठमाण्डौ रेलसे जोडदेंगे, कब तक ?’
‘ नेपालमें रेल तो पहलेसे हि हे, जैसे गजुरेल, पोखरेल, खरेल । अब सिर्फ गजुर भेजना है, कल हि भेज देंगे ।’
‘अब फिर नाकाबन्दी होगा कि नही होगा पिएम ?’
-‘पहले भि कहां नाकाबन्दी हुवा था ! ओह तो आर्थिक मन्दी था ।’
‘नाम जो भि हो, लेकिन नाकाबन्दीके कारण नेपाली जनता बहुत गुस्सेमें है ।’
-‘बडे भाइके साथ गुस्सा करना छोडे भाइका अधिकार है । गुस्सा मिटाने केलिए पिएम ओलीके साथ कुछ चाकलेट भेजदेंगे । बच्चे खुस होंगे ।’
‘चकलेट नही, नेपाली जनता असल ‘फ्रेण्डसिप’ चाहते हें ।’
-‘ठिक है । ओह सिप भि देदेंगे । एक प्रशान्त महासागरमें चल्नेवाला पानी जहाज ‘सिप’ और दुसरा पहाडमें चर्ने वाला सिप (भेडा) ।’
‘ओह भेडा ‘सिप’ और पानी जहाज ‘सिप’ नही, दोस्ती सिप चाहते हमलोग ।’
-‘ओह भि देदेंगे । क्या लेंगे ? पेप्सी, थम्प्सअप, मिरिण्डा या चाय ?’
‘चाय ।’
-‘कहांका चाया ? असमका ? दार्जि्लिङ्का ? हिमाञ्चलका ? ओडिसाका ?’
‘दार्जि्लिङ्का ठिक होगा !’
-‘अच्छा, ग्रिन टि ? लेमन टि ? ब्ल्याक टि ?  मिल्क टि ? कौन ?’
‘मिल्क टि ।’
-‘कौन सा मिल्क डालें ? गायका ? भैं सका ?  बकरीका ? भेडका ? मम्मीका ? पापाका ?’
‘पापाका भि दुध होता है ?’

-‘नही, यह कम्पनीका नाम है ।’

‘ओह, कोही भि ।’
‘प्याकेटका या बट्टाका ?’
……
‘क्या लिऐङ्गे ?’
…….
‘बोलो ना, क्या लिऐङ्गे ?’
………..
‘अरे भाइ, बोलो त सही, क्या लिजिएगा ।’

‘कुछ नही चाहिए । सिर्फ बिदा । ओह दिजिएगा ?’
……
(स्वप्न भङ्ग)

{त्यहांको ह्युमर मिनिस्ट्रि एण्ड फन मन्त्रालयद्धारा मलाई  उपलब्ध गराईएको सुबिधा सम्मन्न सवारीका साथ}

तरयो समाचार नेपाली मिडयाहरुले पुरै ब्ल्याक आउट गरे किनकी यो कुरा रीयल थिएन, मनोजरञ्जनकालागि गजुरीयल कुरामात्र थियो ।  – गजुरीयल कुरा JUST FOR FUN  😀

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com