दशबर्ष अघिको सपना : “२०७५ सालको नयाँ नेपाल” : दशबर्ष पछि आफैं समिक्षा गर्दा…

प्रकाशित मिति: १ बैशाख २०७५, शनिबार १३:३७

‘२०७५ को नयाँ नेपाल’ नामको भिडियो क-कसले हेर्नु भएको छ ? छैन भने यो लिंकमा गएर हेर्न सक्नु हुन्छ । यो भिडियो एउटा सभ्य, सुसंस्कृति र सम्पन नेपालको परिकल्पना थियो । यो उत्प्रेरक भिडियो बनाएको पनि दशबर्ष बढि भएछ । केन्द्रीय राजधानी चितवनबाट काठमाण्डौ मेट्रे रेलको उद्घाटन गर्ने प्रधानमन्त्री पुष्प कमल दाहालले नेपाल टेलिभिजनको १२५ तले बिल्डिङमा अन्र्तवार्ता दिएको दिन पनि आजै थियो, २०७५ साल बैसाख १ गते । भिडियोमा कल्पना गरिएको त्यो दिन आजै हो । सपना कति पुरा भए, कति भएनन्, कति हुने तरखरमा छन् वा सबै असम्भव कल्पना थिए, आ आफ्नै बिश्लेषण होला तर पनि दशबर्ष अघिको त्यो कल्पनाले धेरैलाई आशावादी बनाएको थियो । हेर्नोस्,त्यो कल्पनाका केही तस्वीरहरु >>>>>>

(East-West Nepal Railways in Central Terai)
दर्शकबृन्द, नमस्कार । आज २०७५ साल बैसाख १ गते,  शनिबार। नेपालमा गणतन्त्र स्थापना भएको दस वर्ष पुगेको छ ।

 

(1500 K.M. Security wall in Nepal India Border )
त्यतिखेर मानिसले कल्पना नै गरेका थिएनन् कि केवल दस वर्षमा नेपालमा यति धेरै विकास होला भनेर ।

 


(Nepal Airlance Factory In Panchkhal, Kavre)
पूर्व काँकडभिट्टादेखि पश्चिम धनगढीसम्म साढे चार घन्टामा पुगिने बुलेट रेल सेवा ‘एकता एक्सप्रेस’को सञ्चालन होस् वा दार्चुलादेखि ताप्लेजुङ जोड्ने पहाडी हाइवेको स्थापना होस्, दुवैको निर्माणबाट केवल दस वर्षमा नेपालमा चमत्कार भएको छ ।

 

(Karnali cable Car, Connecting Humla and Mugu)
ल्हासाबाट खासा हुँदै काठमाडौंसम्म बिछ्याइएको पेट्रोल पाइपको कुरो होस् वा रोल्पामा खुलेको संसारकै सबैभन्दा ठूलो जडीबुटी उद्योग होस्, दस वर्षपहिले मान्छेले देखेका यी सबै सपना अहिले पूरा भएका छन् ।

(Indo-Nepal-China Train in Trisuli River)
यी सबै सपनालाई पूरा गराउने देशका सबै राजनैतिक दल, नागरिक समाज र प्रतिबद्ध नागरिकलाई अहिले विश्वका देशले बधाईका सन्देशहरू ओइर्‍याइरहेका छन् ।

(Nepal Seaport In Saptakoshi, Mulghat)
अरू, अहिले यो कार्यक्रम ‘नेपाल-निर्देश’ काठमाडौंस्थित नेपाल टेलिभिजनको १२५ तले भवनको तीसौं तलाबाट सञ्चालन गरिहेका छौं ।

(Taplejung-Darchula railways in Dolakha, Jiri)

अब हामी यस विषयमा कुरा गर्दैछौं, दस वर्षदेखि निरन्तर रूपमा नेपालको प्रधानमन्त्रित्व सम्हालेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ।

(Capital City Chitwan’s Night View)

(Namche Bazar, Solukhumbu)

(Hetauda City, central Nepal)

(Limbuwan Express in Dharan)

(New road, kathmandu)

 

…..तर सबै सपना पुरा हुन्छन् भन्ने छैन । तर, पनि सपना देख्न छोड्नु हुन्न । हामीले नभए हाम्रा छोरा नातीले त कसो त्यस्तो नेपाल नदेख्लान् । निन्द्रमा देखिने सपना पो पुरा हुन्नन् त, खुला आँखाले देख्ने सपना आज नभए भोली पक्कै पुरा हुन्छ, यो मेरो चेतनाको बुझाई हो । सपना देख्नुपर्छ, त्यसलाई पुरा गर्न कोही न कोही अवस्य जन्मिन्छ । यो श्रृष्टिको नियम नै यस्तै हो । हुनत प्रधानमन्त्री केपी शर्मा ओलीको टीमले यस्तै सपना देखाई रहेको छ । सपनाको केही अंशमात्रै पुरा हुन सके त राम्रै हो । तर, आश् गरौं, भर नपरौं भन्छ मेरो खप्पध्वज भान्जाले चाहिं । तपाईंलाई कस्तो लाग्छ कुन्नी

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com