आचार्य श्रीनिवासको गोप्य डायरी जफत, यस्तो रहेछ गोली हनाउनुको रहस्य…

प्रकाशित मिति: २४ बैशाख २०७५, सोमबार ११:२७

अज्ञात व्यक्तिद्धारा गोली हानी घाईते बनाईएका गुरु आचार्य श्रीनिवासलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उच्च श्रोतका अनुसार, गुरुले गोरुको ब्यहोरा देखाएकोले पक्राउ गर्नु परेको हो !  तर, प्रहरीको भनाईलाई खण्डन गर्दै गुरुले भनि बक्सियो, ‘आफुले आफैंलाई गोली हानेर मोक्ष प्राप्त गर्ने साधना ‘बन्दुक-समाधी’मा लिन भएको बेला प्रहरीले समातेको हो ।’

पक्राउका क्रममा प्रहरीले गुरुको नीजि डायरी ‘गोरु-ज्ञान’ पनि जफत गरेको छ । डायरीमा गुरुले चर्चित धार्मिक श्लोकहरुलाई आफ्नै ढंगले अप-व्याख्या गरिबक्सेको छ । केही अपब्याख्या यस्ता छन्:
श्लोक:
‘यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत, अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्,
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् , धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे…!’

अनर्थ:
‘यदा यदा हि धर्मस्य ग्लानिर्भवति जगत, अभ्यूत्थानम् ढोंगिस्य तदात्नामम् स्वयम् अहम्,
स्खलिताय साधूनां विनाशाय च संस्कृताम् , धर्म ध्वस्तापनार्थाय संभवामि युगे युगे…!’

भावार्थ:
‘जब जब धर्तीमा अज्ञान,अशिक्षा र अन्धविश्वासले जरा गाड्छ तब तब समाजमा आशाराम बापु, गुरमित राम रहिम, आचार्य श्रीनिवासजस्ता ढोंगीहरुको जन्म हुनेछ । वास्तविक धर्मलाई बदनाम गराउन तिनिहरु आफुले आफैंलाई गोली हान्न लगाउनेछन् ।’

 

श्लोक:
‘गुरु माता पिता गुरु बन्धु सखा,  तेरी चरणोंमे गुरु कोटी प्रणाम !’

भावार्थ:
‘गुरु मातिएर बन्दुकले सखाप पार्न खोज्छ भने कुटपिट गर्न  प्रमाण जुटाउनु पर्दैन ।’

 

श्लोक:
‘गुरु ब्रम्हा गुरु बिष्णु ,गुरुदेवो महेश्वर,
गुरु साक्षात् परम् ब्रम्हा तस्मै श्री गुरुभ्ये नम:’

 

भावार्थ:

‘गुरु भ्रममा, गुरु बिक्नु, गुरु धेर भो महेश्वर,
गुरु साक्षात् परम्भ्रम्मा, तस्मै श्री गोरुब्याए नम:!’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com