काठमाण्डौको मुटुमा ‘र’को अस्पताल, मोदीले उद्घाटन गर्ने संभावना…

प्रकाशित मिति: २६ बैशाख २०७५, बुधबार १६:४१

‘नेपालका अस्पतालहरुमा ‘र’ को लगानी छ ।’ यो कुरा शुरुमा त हामीले पनि पत्याएनौं तर तब अवाक भयौं जब ‘र’ ले काठमाडौ मै अस्पताल चलाएको प्रमाण भेट्यौं । ‘स्वस्थ नेपालकालागि एक्टर-एक्टिभिस्ट क्याम्पेन’को टोली हिजो साँझ ८ बजे वीर अस्पाताल हिडेको थियो । खुलामञ्चमा गाडी पार्क गरेर अगाडी बढ्दै गर्दा कुमार कट्टेल ‘जिग्री’ले भने- ‘दाजु, यो अस्पताल त ‘र’ ले पो चलाएको रहेछ !’

  

सबैले वीर अस्पतालको छत तिर नजर लगायौ । त्यहाँ स्पष्ट रुपमा ‘र’ अस्पतालु लेखेको बिजुली बोर्ड देखिन्थ्यो । अभियन्ता अर्जुन धरेलले भने- ‘प्राकृतिक सम्पदामात्र हैन, भारतले त स्वास्थ्य क्षेत्रमा पनि हात हाल्न थाल्यो बा !’ सिस्नुपानी महासचिव टंकराज आचार्यले थपे- ‘हातमात्रै हैन, मौका पायो भने सर्वाङ्ग हाल्न बेर छैन १ु पाँडे बोले- ‘नरेन्द्र मोदीको भ्रमण भरिलाई मात्र बनाएको होला !’  धुर्मुसले थपे-  ‘यो ‘र’ त हामीभन्दा’नि फास्ट निस्कियो, एकैरातमा कति ठुलो निर्माण !’

हामी वीर अस्पताल पुग्दा ‘र’ का कर्मचारीहरु रनभुल्ल परे । मैले सोधेँ- ‘यो वीर अस्पताल हो कि ‘र’ अस्पताल ?’  एकजना कर्मचारीले भने- ‘वीरको ‘वी’ झरेर ‘र’ अस्पताल’ भएको थुप्रै समय भयो हजुर !’

‘त्यसरी झरेको एउटा वी त टाँस्न नसक्नेले भाँचिएको हड्डी कसरी जोड्छ यहाँ ?’ ‘खै हजुर, अहिलेसम्म ठोकठाक पारेर जोडिंदै आएको छ ।’ उनले आश्वस्त पार्न खोजे, ‘तपाईं ढुक्क हुनोस्, यो र अस्पताल हैन, वीर अस्पताल नै हो ।’

 

मलाई भने पटक्कै विश्वास लागेन, त्यो वीर अस्पताल नै हो । किनभने त्यहाँ उडि सकेको रंग, चर्किएका सिसा, उप्किएका वाल, जलेका चिम, कटकटिएका कुर्सी, भत्किएको भऱ्याङ्, अलपत्र बिरामी, अव्यवस्थित कुरुवा धेरै भेटिए । वीर भनिएको अस्पताल स्वयम् शक्तिहिन देखिन्थ्यो ।

 

अलि पल्तिर भेटिए ‘खेम्स क्लिनिङ्का’ खेम शर्मा जो अस्ट्रेलियाबाट आएर स्वस्थ नेपालको अभियान चलाई रहेका छन् । धुमुर्स सुन्तली लगायत हाम्रो यो अभियानमा सहकार्य भैरहेको छ । खेमले भने, ‘कम्तिमा एक महिनामा कुरुप अस्पतालले रुप फेर्नेछ ।’

 

मैले भनें, ‘हामीले जति सफा गरेपनि ‘र’ लाई नहटाईकन सरकारी अस्पताल सुध्रिदैनन ।’ खेमजीजीले सोधे, ‘कस्तो र ?’ मैले भनें, ‘अब्यवस्थित शह –र, दुगन्र्धित फोहो–र, लामखुट्टेको लह–र, पान गुड्काको कभ–र , कामचोरका डाक्ट–र, सिकारुको ड–र, प्राक्टिसेको रह–र, नर्सहरुको ब्यवहा–र, कर्मचारीको कह–र, ठगहरुको ठह–र, अखाद्य आहा–र, बिरामीलाई दुव्र्यवहा–र !

 

अभियन्ताहरुले अस्पतालको बाहिरी रुप रंग्याउछौं, अस्पतालको भित्री रुपलाई पनि त राम्रो बनाउनु पऱ्यो । त्यसकालागि प्रसासन पनि त सक्रिय बन्नु पऱ्यो । कि कसो ?

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com