मोदी जनकपुरभन्दा पहिले कोशी ब्यारेज आउने, यस्तो छ परिवर्तित भ्रमण तालिका…

प्रकाशित मिति: २८ बैशाख २०७५, शुक्रबार ०३:११

(आफ्नो नेपाल भ्रमणलाई लिएर नेपाली जनता तथा सामाजिक सञ्जालमा आएका प्रतिकृयालाई मध्य नजर राख्दै प्रधानमन्त्री मोदीको भ्रमण तालिका परिवर्तन गरिएको छ । यस अघि जनकपुरमा झर्ने कार्यक्रमलाई परिवर्तन गर्दै उनि पटनाबाट सोझै कोशी ब्यारेजमा उत्रिने भएका छन् । प्रश्तुत भ्रमण तालिका : )

२८ बैसाख २०७५

बिहान

१०.०० बजे : ईण्डियन एयरफोर्सको हेलिकप्टरबाट लहानमा उत्रिने ।

१०.३०  बजे : मधेश आन्दोलनका पीडित मधेशी–पहाडी समुदायलाई संबोधन गर्ने ।

११.०० बजे : कैलास एयरको हेलिकप्टरमा चढेर सोझै कोशी ब्यारेजको ताण्डव हेर्ने ।

१२ं.०० बजे : कोशी  पीडितलाई भेट्ने र एकपक्षिय दादागिरीको अन्त्य भएको घोषणा गर्ने ।

१.०० बजे  : जोगबनीमा निर्माण हुने ‘नाकाबन्दी स्मारक’ शिलन्यास गर्ने ।

१.२० बजे :  बिराटनगरस्थित आफ्नो वाणिज्य कार्यालय बन्द भएको जानकारी दिने ।

१.४५ बजे : चतारामा पुगी  हिंसा भड्काउने काममा नलाग्न सन्त-महन्तलाई सुझाव दिने ।

दिउँसो

२.०० बजे  : कन्याममा चिया-चमेना गर्ने ।

२.५० बजे  : माने भञ्ज्याङ् पुगेर मिचिएको सिमा फिर्ता भएको पत्रमा हस्ताक्षर गर्ने ।

३.०० बजे :  भारतको मिरिकमा नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको आमसभामा उपस्थित हुने ।

३.३० बजे  : पानीट्यांकी भन्सार पुगेर नेपाली कन्टेनर चालकलाई दुख नदिन निर्देशन गर्ने ।

४.३० बजे :  बिरगञ्जमा अन्तरदेसिय आपराधिक गतिबिधि समाप्त गर्ने संकल्प गर्ने ।

 

बेलुका

६.०० बजे : काठमाण्डौ आगमन तथा तिनकुनेमा ‘क्षमा स्तम्भ’को शिलन्यास गर्ने ।

६.३० बजे  : पशुपति नाथ जाने र ‘क्षमापुजा’मा सहभागी हुने ।

७.०० बजे :  भारतीय दुताबास पुग्ने र नेपाली जनताका नाममा संबोधन गर्दै ‘नाकाबन्दी गलत भएको’ औपचारिक स्वीकार गर्ने ।

७.३० बजे  : प्रधानमन्त्री केपी शर्मा ओलीसंग औपचारिक भेटघाट गर्ने ।

८.०० बजे : खुलमञ्चमा हुने ध्यान तथा सत्संग कार्यक्रममा सहभागी हुने ।

९.०० बजे  : सुत्ने ।

१०.०० बजे : निदाउने ।

रात्री
१०.१० बजे : नेपाली जनताको तर्फबाट अभिनन्दन खाएको सपना देख्ने ।

११.०० बजे : नाकाबन्दीको भूतले तर्साउने ।

१.०० बजे  : आत्तिएर उठ्ने र पुन: पशुपतिनाथसँग क्षमा माग्ने ।

२.०० बजे  : फेरी निदाउने ।

२.०० देखि ६.३० बजे सम्म मज्जाले घुर्ने ।

२९ बैसाख २०७५

बिहान

७.०० बजे : स्वयम्भुको दर्शन गर्ने र स्वयम्बाट भूल भएको महसु गर्ने ।

८.०० बजे : भारतीय दुताबासका कर्मचारीलाई कुटनैतिक मर्यादामा रहन आदेश दिने ।

९.०० बजे : राष्ट्र्पति बिद्या भण्डारीसँग भेटघाट गर्ने र सञ्चो बिसञ्चो सोध्ने ।

१०.०० बजे : संयुक्त राष्ट्र् संघीय अधिकारीसँग भेटघाट गर्ने र भुपरिबेष्ठित राष्ट्र्को पारबहन अधिकार उप्रान्त हनन नगर्ने प्रतिबद्धता–पत्रमा हस्ताक्षर गर्ने ।

११.०० बजे : नाकाबन्दीको समयमा बाध्यात्मक हिसाबले काट्नु परेका रुखको ठाउँमा नयाँ रुख रोप्ने ।

 

दिउँसो
१२.०० बजे : लुम्बिनी प्रस्थान ।

१.०० बजे : मायादेवीको मन्दिरमा पुजा अर्चना गर्ने ।

१.३० बजे : बुद्धको जन्मथलो नेपाल नै भएकोले भ्रममा पर्न र पार्न अन्त्य भएको घोषणा गर्ने ।

२.०० बजे : कञ्चनपुर जिल्लासँग जोडिएको भारतीय सिमा सुरक्षा बलको सातो खाने  ।

२.३० बजे : सिमा सुरक्षा बलद्धारा नेपालभित्रै पसेर गोली हानी हत्या गरिएका गोविन्द गौतमको परिवारलाई भेट्ने र क्षमा माग्ने ।

४.०० बजे : राष्ट्रि्य सभागृहमा हुने साँस्कृतिक कार्यक्रम ‘साथीकालागि सलाम, शत्रुकालागि फलाम’ हेर्ने ।

५.०० बजे : प्रज्ञा भवनमा मिमिक्री आर्टिट मनोज गजुरेलको ‘मोदी अवतार हेर्ने’ र दिल्लीमा हुने कमेडी शोमा निमन्त्रणा दिने ।

 

बेलुका

६.०० बजे : रवि लामिछानेको कार्यक्रम ‘सिधा कुरा मोदीसँग’मा जाने र नेपाली जनताका सिधा प्रश्नको सिधै जवाफ दिने ।

७.०० बजे : भारतीय सेनामा कार्यरत गोरखा सिपाहींका परिवारलाई भेट्ने ।

७.१५ बजे : समान तलब, समान पेन्सन र समान सुबिधाको संझौतामा हस्ताक्षर गर्ने ।

७.३० बजे : प्रधानमन्त्रीको रात्री भोजमा सहभागी हुने ।

८.०० बजे : एयरपोर्ट तिर लाग्ने ।

९.०० बजे: काठमाण्डौको ट्रफिक जामको अनुभव लिने ।

१०.०० बजे : जहाज चढ्ने ।

१०.००-११.३० बजे : डेढ घण्टासम्म एयर ट्रफिकको कारण जहाजभित्रै होल्डमा बस्ने ।

११.३० बजे : सिमरा र भैरहवामा तुरुन्तै अन्तराष्ट्रि्य एयरपोर्ट बनाउनु पर्ने ट्विट गर्ने ।

१२.०० बजे : त्यसकालागि भारतले कुनै पनि अवरोध तथा बखेडा खडा नगर्ने कुरा ‘फेसबुक लाईभ’ मार्फत् देश दुनियाँलाई बताउने ।

१२.३० बजे : जहाजले टेक अफ लिने र भारतकालागि प्रस्थान गर्ने ।

रात्री

(पुनश्च: प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाली जनताका तर्फबाट सुझाइएको कार्यक्रम तालिका हो यो । भ्रमण यो तालिका अनुसार भएन भने त्यसको जिम्मेवारी मैले लिनेछैन ।)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com