किन बन्द भयो बिराटनगरस्थित भारतीय फिल्ड कार्यालय ? रहस्य पढ्नोस्….

प्रकाशित मिति: ८ जेष्ठ २०७५, मंगलवार १०:०७

मोदी आउनुभन्दा अगाडी एउटा ब्यंग्य व्लग लेखेको थिएँ–’मोदी जनकपुरभन्दा पहिलो कोशी ब्यारेज आउने’ शिर्षकमा… ! त्यसमा मोदीको २ दिने व्यंग्यात्मक भ्रमण तालिका थियो । तालिका अनुसार, मोदी जनकपुरको साटो बिहान १२.०० बजे कोशी ब्यारेजमा उत्रिने र त्यहाँ भारतीय दादागिरीको अन्त्य भएको घोषणा गर्ने, १.०० बजे जोगबनीमा निर्माण हुने ‘नाकाबन्दी स्मारक’को सिलन्यास गर्ने, १.२० बजे ‘बिराटनगरस्थित भारतीय फिल्ड कार्यालय बन्द भएको जानकारी दिने’ लगायतका कार्यक्रम थिए ।

नभन्दै केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यालय बन्द हुने जानकारी गराए  । आजैमात्र भारतीय दुताबासले सो कार्यालय बन्द भएको जानकारी दियो । सुनिए अनुसार, ओली-मोदी भेटमा यस बिषयमा बिषेश वार्ता भएको थियो ।  महा-भुकम्पमा राहत तथा उद्धारकालागि खोलिएको सो कार्यालय  काम सकिएपनि बन्द गर्न भारतले आनकानी गर्दै आएको थियो ।

दबाबकारी जनता, प्रभावकारी प्रशासन र शत्तिशाली सरकार भएमा बिदेशी हस्तक्षेप र दबाबहरु कम हुँदा रहेछन्, यो घटनाले यस्तै संकेत गर्छ । आउनोस्, यस अभियानलाई जारी राखौं । देशको सार्वभौमिकता, राष्ट्रि्य अखण्डता र स्वाधिनताको रक्षा गरौं । भारतीय अधिकारीहरुलाई तलका सुझावहरु दबाबको रुपमा दिंदै गरौं !

बिराटनगरस्थित भारतीय फिल्ड कार्यालय हटाएजस्तै ‘असल छिमेकी’ भारतले नेपालमा गर्नुपर्ने काम यस प्रकार छन्……>

 

-कोशी पीडितलाई भेट्ने र एकपक्षिय दादागिरीको अन्त्य भएको घोषणा गर्ने ।

-चतारामा पुगी हिंसा भड्काउने काममा नलाग्न सन्त(महन्तलाई सुझाव दिने ।

-माने भञ्ज्याङ् पुगेर मिचिएको सिमा फिर्ता भएको पत्रमा हस्ताक्षर गर्ने ।

-भारतको मिरिकमा नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको आमसभामा उपस्थित हुने ।

-पानीट्यांकी भन्सार पुगेर नेपाली कन्टेनर चालकलाई दुख नदिन निर्देशन गर्ने ।

-बिरगञ्जमा अन्तरदेसिय आपराधिक गतिबिधि समाप्त गर्ने संकल्प गर्ने ।

-काठमाण्डौ आगमन तथा तिनकुनेमा ‘क्षमा स्तम्भ’को शिलन्यास गर्ने ।

-पशुपति नाथ जाने र ‘क्षमापुजा’मा सहभागी हुने ।

-भारतीय दुताबास पुग्ने र नेपाली जनताका नाममा संबोधन गर्दै ‘नाकाबन्दी गलत भएको’ औपचारिक स्वीकार गर्ने ।

-भारतीय दुताबासका कर्मचारीलाई कुटनैतिक मर्यादामा रहन आदेश दिने ।

-राष्ट्र्पति बिद्या भण्डारीसँग भेटघाट गर्ने र सञ्चो बिसञ्चो सोध्ने ।

-संयुक्त राष्ट्र् संघीय अधिकारीसँग भेटघाट गर्ने र भुपरिबेष्ठित राष्ट्र्को पारबहन अधिकार उप्रान्त हनन नगर्ने प्रतिबद्धता–पत्रमा हस्ताक्षर गर्ने ।

-नाकाबन्दीको समयमा बाध्यात्मक हिसाबले काट्नु परेका रुखको ठाउँमा नयाँ रुख रोप्ने ।

-बुद्धको जन्मथलो नेपाल नै भएकोले भ्रममा पर्न र पार्न अन्त्य भएको घोषणा गर्ने ।

-कञ्चनपुर जिल्लासँग जोडिएको भारतीय सिमा सुरक्षा बलको सातो खाने ।

-सिमा सुरक्षा बलद्धारा नेपालभित्रै पसेर गोली हानी हत्या गरिएका गोविन्द गौतमको परिवारलाई भेट्ने र क्षमा माग्ने ।

-भारतीय सेनामा कार्यरत गोरखा सिपाहींका परिवारलाई भेट्ने ।

-समान तलब, समान पेन्सन र समान सुबिधाको संझौतामा हस्ताक्षर गर्ने ।

-सिमरा र भैरहवामा तुरुन्तै अन्तराष्ट्र्यि एयरपोर्ट बनाउनु पर्ने ट्विट गर्ने ।

-त्यसकालागि भारतले कुनै पनि अवरोध तथा बखेडा खडा नगर्ने कुरा ‘फेसबुक लाईभ’ मार्फत् देश दुनियाँलाई बताउने ।

 

http://यस बिषयको. पुरानो व्लग यहां छ

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com