कतारको ‘गल्फ टाईम्स’मा गजुरीयल चर्चा, मनोजले तन्काए नेपालको नोज…रे क्या !

प्रकाशित मिति: १० जेष्ठ २०७५, बिहीबार ०५:३६

‘बिदेशी मिडियामा मनोजको चर्चा’,  🙂 ‘अन्तराष्ट्रि्य समाचार बने हाम्रै घरका’, ‘गजुरेलले गाडे खाडीमा झण्डा’, ‘नेपाली रेलमा बिदेशी यात्रा’, 🙂 ‘गोरा हँसाउदै नेपाली छोरा’, 🙂 ‘मनोजले राखे नेपालको नोज’, 😛 ‘हास्यव्यंग्यले बढायो नेपाली सान’, 🙄 ‘मध्यपुर्वमा मनोजलाई मानैमान ।’ 😆 ‘स्वदेशी ईन्धनले बिदेशमा चल्ने रेल, गजुरेल ।’ 🙄 अरु कसैले लेख्या भए यो समाचारको शिर्षक यस्तै केही हुन्थ्यो होला :mrgreen: तर, आफ्नै कुरो पऱ्यो, चाहिनेभन्दा बढि रंग दल्न मिलेन । त्यसैले भएको कुरामात्र शेयर गर्दैछु ।

बेला बेलामा नेपाली हास्यव्यंग्यलाई बिदेशी मिडियाले कभरेज गर्दै आएको छ । पूर्व राजा ज्ञानेन्द्रको क्यारिकेचरलाई ‘बिबिसि’ले, मोदीको नक्कललाई ‘आजतक’ देखी ‘एनडी टिभी’ले, ट्र्म्पको ईमिटेनलाई बेलायतको ‘डेलीमेल’देखि अमेरिकाको ‘सिबिएस न्यूज’ले स्थान दिंदै आएको छ । यिनै खबरहरुबाट प्रभावितहुँदै मध्यपुर्वको लोकप्रिय पत्रिका ‘गल्फ टाईम्स’ले ‘गजुरीयल मोटिभेसनल कमेडी’लाई आजको अंकमा प्राथमिकताका साथ प्रकासन गरेछ । तपाईंलाई सुनाउन मन लाग्यो, सुनाई हालें । नरिसाउनु ल !

यसले मेरो नाक, फुर्ती र घमण्ड केही पनि बढेको छैन । किनभने मैले बिन्ध्याचल उठाएर समाचार आएको पनि हैन, शिकन्दर झैं विश्व विजयको खबर पनि हैन । ईमान्दारिताका साथ कलाकारिता गरेको हुनाले जनताबाट स्याबासी पाएकोमात्र हो । आफ्नो कला मार्फत् बिदेशमा थोरै भएपनि देशको पहिचान गराउन सकेको छु । यही खुशी मलाई कलाकार बनाउन प्रोत्साहन गर्ने प्रिय श्रोता दर्शकसँग साट्नमात्र यो व्लग लेखेको हुँ, आफ्नो नाक आफैं तन्काएको पटक्कै हैन है । मलाई थाहा छ, घमण्डले चाँडै दण्ड पाउँछ । नम्रतालाई सधैं सम्मान मिल्छ ।

यस अघि पनि कतारको ‘पेनेन्सुला न्यूज’ले मेरो बारेमा छापेको थियो । ‘ गल्फ टाईम्स’मा पनि ‘ट्र्म्प भर्सन’को न्यूज आएको थियो । तर, समाचार श्रोतसँग मेरो चिनजान थिएन । चिनजान नै भएपनि अप्रमाणित, अप्रभावकारी र रिसर्च नगरी उनिहरुले छाप्दैनन् पनि । किनभने व्यवसायीक पत्रकारले ‘माल खाएर’ कसैको ‘आत्म–पुराण’ लेख्दैन । भर्खरै झापाली समाज दोहाको कार्यक्रमका क्रममा उषाजी र उहाँका श्रीमान् शिव प्रसाद गौतमसँग परिचय भएको हो ।

यो ‘स्टोरी’कालागि तनहुँकी छोरी उषा वाग्ले गौतमलाई धेरै सलाम वालेखुम छ । उषाजी ‘गल्फ टाईम्स’मा काम गर्नुहुँदो रहेछ । नेपाली छोरी बिदेशीमा मिडियामा काम गर्छिन्, यो सानो खुशीको कुरो हैन । उहाँका नेपाल–कतार संबन्ध, नेपालको पर्यटन प्रर्वधन, साँस्कृतिक बिषयमा ‘गल्फ टाईम्स’मा थुप्रै स्टोरीहरु आएका रहेछन् । बिदेशमा बसेर स्वेदशको प्रचार गर्नु भएकोमा तपाईंलाई धेरै धन्यवाद छ उषाजी तथा शिवराजजी । सबै मंगल होस्, सधैं मंगल होस् ।

 

     – पुरा कथा पढ्न तलको शृंखलामा ट्याक्क पार्नोस् 🙂 

                                                                                                                     https://tinyurl.com/yd9vvzgd

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com