शिक्षामन्त्रीको मोबाइल खुलासा, फेसबुकमा MRR को एड्मिन !

प्रकाशित मिति: १७ जेष्ठ २०७५, बिहीबार ०७:०४

शिक्षा मन्त्री गिरिराजमणी पोखरेल सायद योग/ध्यानको ईन्धनले चल्ने एकमात्र मन्त्री हुन् । ‘सायद’
यसकारण कि, अरु मन्त्रीको दिनचर्याका बारेमा मलाई धेरै ज्ञान छैन । शिक्षा क्षेत्रसँग संबद्ध बिभिन्न छलफल तथा अन्र्तकृया भैरहन्छन् , त्यही क्रममा उहाँसँग भेटघाट हुने गर्दछ ।

 

अहिले मन्त्रीजी नयाँ पाठ्यक्रम निर्माणमा ब्यस्त छन् । अबको शिक्षामा योग, ध्यान, मूल्य, मान्यता, देशप्रेम, सुसाशन, सदाचारजस्ता पाठ्य सामाग्रीहरु समावेस गर्न उनि क्रियाशिल छन् । यो हाम्रो पनि सुझाव थियो ।

 

यसै प्रसंगमा आज फेरी उहाँसँग भेट भयो । संयोगले म मन्त्रीज्यूको छेउमै बस्न पुगें । मेरो आँखा उनको मोबाईलमा पऱ्यो । ‘Samsung Galaxy C9’ बोक्दा रहेछन् । मलाई भने मन्त्रीको मोबाईलभन्दा पनि मोबाईलको कभरको स्टिकरले तान्यो ।

 

मेन्स रुम रिलोडेड ‘एमएमआर’को स्टिकर थियो । ‘एमआरआर- मेन्स रुम रिलोडेड फेसबुकको एउटा ग्रुप हो । यसमा लाखभन्दा बढि युवाहरु जोडिएकाछन् । फेसबुक मार्फत् बिभिन्न सामाजिक, सांस्कृतिक र चेतनामूूलक अभियानमा क्रियाशिल थुप्रै ग्रुपमध्ये ‘एमआरआर’ निकै चर्चित मानिन्छ । फेसबुक बाहिरका धेरै भिआईपीहरुलाई यो कुरै थाहा छैन होला !

यस्तै सोचेर मैंले मन्त्रीजीसँग ठट्टा गरें, ‘तपाईं ‘एमआरआर’को एडमिन हो कि क्या हो ?’ मन्त्रीले भने, ‘ हैन । एउटा भाइले यो ग्रुपको बारेमा बताए, राम्रो लाग्यो । अनि, यो स्टिकर राख्न लगाएँ !’ पुन: प्रश्न गरें, ‘फेसबुकले त युवाहरुलाई बेवकुफ बनाई रहेको छ भन्छन् ?’ उनले भने, ‘यसरी फेसबुकको प्रयोग गर्नु पऱ्यो नि, दुरुपयोग गर्दा त बेवकुफ भैहालिन्छ नि ।’

एमआरआरका एडमिन/सदस्यहरुसँग मेरो चिनजान छैन तर बधाई दिन चाहान्छु । तपाईंहरुको ग्रुपको ‘सोसियल रिकग्निजेसन’ निकै राम्रो छ, यसलाई यसलाई अझ राम्रो र शिष्ट बनाउनोस्, शुभ–कामना !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com