प्रचण्ड नयाँ डेराको खोजीमा, भने- ‘कामचोरको ‘महलवाल’ हुनुभन्दा कमजोरको ‘डेरावाल’ हुनु राम्रो ।’

प्रकाशित मिति: २३ जेष्ठ २०७५, बुधबार १५:१२


एकादेशको कम्युनिष्ट पार्टी (एकपा)का अर्धक्ष पुष्पकमल दहाल ‘पर्चण्ड’ फेरी डेरा सर्ने भएकाछन् । हालको ‘चापागाउँ डेरा’का मालिकमाथि  ‘बादल’ बर्सिन थालेपछि नयाँ डेरा खोज्न थालिएको हो । चापागाउँस्थित यो ‘प्रचण्ड–डेरा’ सारडा प्रसाद अधिक्कारीले प्रायोजन गरेको बताईन्छ । अधिकारी ‘कामचोर ठेकेदार संघ’का अध्यक्ष रहेको गाईंगुईं छ । कलंकी–नागढुंगा लगायत काठमाण्डौका दर्जनभन्दा बढि सडक आयोजनाहरु उनको क्रान्तीकारी कम्पनीले अस्तव्यस्त बनाएर मस्तसँग निदाईरहेको जन–आरोप छ ।

 

‘प्रचण्डका घरबेटी कामचोर ठेकेदार’ शिर्षकमा अनलाईन खबरले समाचार छापेपछि प्रचण्ड श्रोतले भन्यो, ‘कामचोर ठेकेदारको ‘महलवाल’ हुनुभन्दा कमजोर जनताको ‘डेरावाल’ भएर बस्नु राम्रो ।’ प्रचण्डको मनोजविज्ञानलाई उद्रित गर्दै श्रोतले थप्यो, ‘एकातिर सरकारको शून्य सहनशिलताको नारा छ, अर्कातिर आफ्नो घरबेटीको यस्तो पारा छ । यो भन्दा लाजको पसारो अरु के हुन्छ ?’

 

‘क्रान्तीकारी ठेकेदार संघ’का अध्यक्षको कम्पनीले निर्माण सम्पन्न गरेको वातावरणमैत्री सडक

 

नसुनिए अनुसार, एकपाका नेता तथा शिक्षामन्त्री गिरिराजमणी पोकरेल अर्धक्षकालागि नयाँ डेराको खोजीमा छन् । ‘श्रमजीवि वर्गको नेतृत्व गर्ने प्रचण्डको अबको डेरा कुनै ठेकेदार, पावर ब्रोकर, कामचोर, सुन तस्कर, जग्गा दलाल वा भ्याटमाराको महलमा नभई जनताको सुरक्षित घेरामा हुनेछ ।’ श्रोतले भन्न खोज्यो, ‘सेक्यूरिटी थ्रेटलाई ध्यानमा राख्दै अर्धक्षको नयाँ डेरामा बाहिरबाट शक्तिशाली सुरक्षा घेरा भएपनि भित्र सामान्य तथा मितब्ययी रहनेछ ।’ संभवत: प्रचण्डको नयाँ डेरा पुराना कार्यकर्ता क. श्रमीकको ऐतिहासिक घर हुनेछ ।

 

नयाँ डेराको खोजीमा क. श्रमीकको ऐतिहासिक घर परिसरमा एकपाका अर्धक्ष क. पर्चण्ड

 

गृहमन्त्री आराम बहादुर थापाबाट था’पाए अनुसार, अबदेखी हरेक नेतालाई कामचोरको घरमा डेरा बस्नुको कारण, तस्करसँग उठबस गर्नुको उद्धेश्य र भ्रष्टसँग भोज खानुको बाध्यताको बारेमा पनि खोज/अनुसन्धान गरिने छैन…किनभने उपरोक्त समाचार गजुरीयल डटकमको कल्पनामात्र हो । यस्ता कुरा आश गर्न सकिन्छ, भर पर्न सकिन्न ।

 

एकादेशको कम्युनिष्ट पार्टी (एकपा)का अर्धक्ष : फाईल फोटो

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com