गोर्खालीसँग डोनाल्ड ट्रम्पको सेल्फी ! किम जोङले भने – ‘उरी नारा खिम्ची, धाङ्सिन नारा सिन्की !’

प्रकाशित मिति: २९ जेष्ठ २०७५, मंगलवार ११:०८


आज सिङ्गापुरमा ट्रम्प किम वार्ता सम्पन्न भएको छ । आईल्याण्डस्थित एक होटेलमा भएको वार्ता जम्मा ३७ मिनेट, ५५ सेकेन्ड , ६ पल्स र आधा फल्स सम्म भएको थियो । यो बिचमा ट्रम्पले २५०० पटक श्वास फेरेका थिए भने किम ४५ पटक उठबस गरेका थिए ।


अग्ला ट्रम्पसँग हात मिलाउने क्रममा किम तिन पटक उफ्रिएका थिए । क्रान्तिकारी किमले हात मिलाउँदा ट्रम्पको दुई चोटी हत्केला दुखेको थियो ।  सम्वादको शुरुवातमा किमको कपाल तान्दै ट्रम्पले सोधेका थिए – ‘इज इट फेक ?’ जवाफमा ट्र्म्पको वीग तान्दै किमले भने – ‘नो, दिस इज नट,  खाम्सामिदा !’ 

वार्तास्थलमा प्रबेश गर्दैगर्दा दुबैजनाले त्यहाँ तैनाथ  सुरक्षाकर्मीहरुसँग सेल्फी खिचाएका थिए । सिङ्गापुर पुलिसको गोरखा बटालियनले सम्पुर्ण सुरक्षाको जिम्मा पाएको छ । एक गोर्खाले  ट्रम्पसँगकाे सेल्फी पोष्ट गरेका छन् ।  ‘इन्जोय म्याहाक्याली, आई लव गड-ख्याली (जय महाकाली, जय जय गोर्खाली ) !’ राष्ट्रपति ट्रम्पले उनको कानैमा भनेका थिए !

 


उत्तर कोरियाली नेता किमले पनि गोर्खासँग फोटो खिचाएका थिए । ‘आनिङ हासियो ब्रदर ! उरी नारा किम्ची, नेपाल नारा सिन्की (हामीहरुको किम्ची र नेपालीहरुको सिन्की उस्तै उस्तै हो ) ! ‘ एक सिपाहीसँग उनले ठट्टा समेत गर्न भ्याएका थिए । जवाफमा सिपाहीले सुझाव दिए – ‘उत्तर दक्षिण बाँडिएका कोरियाली मन, मन दुख्दा सियोलको प्योङ्याङ कठै भन ।’ यो सुन्दा किमको जिउ  भाईब्रेट भएको थियो – 
‘खाम्सामिदा आगासी !’

बार्तास्थलबाट बाहिरिने क्रममा पत्रकारहरुले नेताद्वयलाई थुप्रै प्रश्न सोधेका थिए  । ‘आणविक हतियार निर्माण अब रोकिन्छ कि रोकिन्न ?’  ‘उत्तर कोरियामा पनि इपिएस खुल्छ कि नाइँ ?’ ‘यो शान्तीवार्ता हो कि बिजिनेश डिल हो ?’  ‘के खाडीमा पेट्रोलको खानी रित्तिएको हो ?’ ‘विश्व शान्ती सम्भव छ ?’ आदि इत्यादी ।

माथिका अधकांस प्रश्नको उतर नेताद्वयले हावामा उडाए । तर, अन्तिम प्रश्नको उत्तर भने एकमुखले दिए- ‘गोर्खालीलाई जिम्मा दिएमा विश्व शान्ती संभव छ । सिङ्गापुरियन गोर्खा पुलिस प्रुभ्ड दिस टुडे !’ 

अमेरिका उड्नु अघि ट्रम्पले भनेका थिए – ‘दिश इज फेक !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com