मुन्द्रेको जन्मोत्सवमा खोला उपहार, पूल उद्घानमा यसरी नाँचे जीतू

प्रकाशित मिति: २ असार २०७५, शनिबार ०४:१२

हिजो तपाईंका प्रिय कलाकार तथा मेरा आत्मीय भान्जा जीतू नेपाल ‘मुन्द्रे’को जन्म दिन 🙂 ! जीतूजस्तो ‘घिउमान्छे’को जन्मदिन एकदिनमात्र हैन, ‘जीतू सप्ताह’को रुपमा हप्तैभरी मनाउँदा हुन्छ !

भान्जा जीतूलाई उपहारका पोकाहरु डोकाका डोका आए होलान्, मैलेभने डोकामा पनि नअट्ने उपहार ल्याएको छु । यो मेरो मात्र हैन, जिल्ला सिन्धुली निवासी, सिंगै देशबासीको उपहार हो । भान्जाबाबु, यसैगरी  ईजी र बिजी रहुनु, कसैको नीजि नहुनु, सबैको साझा बन्नु ! सधैंभरी घिउजस्तै रहनु, धेरै जिउ जिउ कसैलाई नगर्नु ! ‘जीतू सप्ताह’को दोश्रो दिन भान्जालाई जय जन्म, जय जननी, जय जिन्दगानी ।

 

पुरानो गजुरीयल रिपोर्ट:जितु नेपालका नाममा सरकारी पुल

कार्यकालको अन्त्यतिर वर्तमान सरकाले कलाकारको मन जित्ने प्रयास गरेको छ । नेता र शहीदको नाममा सडक/पार्कको न्वारान गर्ने परम्परालाई तोड्दै सेलिब्रेटीको नाममा पनि खोला र पूलहरुको नामाकरण थालिएको हो ।

समाचार अनुसार, सिन्धुलीको एक खोलामाथी बनाईको पूल हास्य कलाकार जितु नेपालमा समर्पित गरिएको छ । यसअघि ‘खहरे’ भनिने उक्त खोल्सालाई माधप नेपालको प्रधानमन्त्रित्वकालमा ‘मुन्द्रे खोला’ राखिएको थियो । सिन्धुलीका प्रमुख जिल्ल अधिकारीले अज्ञात संवाददातालाई बताए, ‘ट्यापे र चुल्ठेहरुले ‘मुन्द्रे खोला’लाई आफ्नो स्वायत्त प्रदेशको रुपमा माग गर्न थालेपछि ‘जितु खोला’ बनाउनु परेको हो ।’

श्रोतका अनुसार ‘जितु खोला’माथी बनाईएको ४० मिटर लामो ‘जितु खोला पुल’को उद्घाटनकालागि स्वयम् जितु नेपाल पुगेका थिए । ‘यो हामी सबै एसएलसी पासहरुको सम्मान हो, यसकालागी म एसएलसी पास ओली सरकारलाई धन्यवाद दिन चाहान्छु ।’ जितुले उद्घाटन मन्तब्यमा भनेका थिए ।

उता माधप नेपालका प्रेस सल्लाहकार ‘२०नु रिजाल’को भनाई फरक छ, ‘माधप सर्कारको कार्यलाई छायाँमा पार्ने उद्धेश्यले वर्तमान सरकारद्धारा खोलाको नामलाई दायाँ बायाँ पारिएको हो । पुलको नाम जितु राख्दैमा सधैंभरी जित हुन्छ  भन्ने भ्रम नराखे हुन्छ ।’ तर प्रधानमन्त्रीका नौ नंबर सल्लाहकार अलमल शर्माको भनाई फरक छ, ‘यो बर्तमान् सरकारकै लोकप्रिय काम हो । पत्याए पत्याउनोस्, नपत्याए बालै फररर !’

यसबारेमा गजुरीयल डटकमले आज बिहान जितु नेपालसँग छोटो कुरा गरेको थियो । ‘सरकारको सम्मान पाएर तपाईंको सपना पुरा भएको हो ?’ उनको प्रतिप्रश्न थियो, ‘यहाँ शहीदको सपना त पुरा भएको छैन, ज्यूँदाको सपना कस्ले पुरा गर्छ र !’ ‘अनि, जितु खोला पुलमाथी भान्जाको तस्वीर के हो त ?’  जितुको उत्तर थियो, ‘त्यो त मैले रमाईलोको लागि पो  पोष्ट गरेको  त मामा  !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com