मेस्सीले नेपाली फ्यानलाई भने- ‘वर्ल्डकपको दर्शन जर्सीको ब्यापार, चाईनाको बिजनेस नेपाललाई बेकार !’

प्रकाशित मिति: ८ असार २०७५, शुक्रबार ११:४२

 

‘लात्ते भकुण्डो’मा शक्तिशाली मानिएको अर्जेन्टिना, हिजो क्रोसियासँगको खेलमा स्यान्टीफ्लाँट भएको छ । मेस्सीको हिङ् बाँधेको टालो देखाउँदै मैदानमा उत्रिएको यो टिमलाई क्रोसियाले शून्यका बिरुद्ध ३ गोल ठोकेर स्वाँक्क सुँघाएको थियो । रसियाबाट आएको यो गन्धले संसारभरीका थुप्रै समर्थकहरुमा ज्वरो आउने समस्या देखा परेको छ ।

 

 

फेसबुके ज्योतिषिहरुको भविश्यवाणी फेल खाएपछि यो टिम टोकरी साफ भएर घर फर्किने सम्भावना बढेको छ । अर्जेन्टिनी टिम अब ‘समुह-१६’ अन्तरगत अन्तिम पटक एउटामात्र गेम  लड्दैछ । हिजोको जस्तै हो भने त्यहाँपनि लड्या लड्यै हुने खेल २०लेशकहरु बताउँछन् ।

 

हिजोको हारपछि रसियाको लोकप्रिय अनलाईन ‘फेकोस्की डटकम’सँग कुरा गर्दै क्याप्टेन मेस्सीले भने, ‘खेल कौशललाई सुधार्नुभन्दा फ्यानहरुको ज्यानलाई ध्यान दिंदा स्यान्टीफ्लाँट भईयो । त्यसैले लगभग अब घर गईयो ।’ संसारभरी अर्जेन्टिनाका करोडौं समर्थक छन् । तर, फुटबलको एउटा झुर नियम छ, खेल फ्यानले हैन,  खेलाडीले खेल्नुपर्छ ! 😆 

 

मस्कोको ‘महत्तोवीच’ होटेलमा बसेका अर्जेन्टिनी टिमले नेपाली ब्यापारी उप्रेन्द्र महत्वलाई पनि भेटेका थिए । सो अवसरमा खेलाडी डि मारियाले भने,  ‘बाहिर भुँडी मेस्सीको जर्सी–भित्र भुँडी लौका र फर्सी !’ यो करेसाको फर्सी बेचेर अर्जेन्टिनाको जर्सी किन्ने नेपाली फ्यानलाई उनको दनक थियो ।  मस्कोमै रहेका साहित्यकार जीजिविषा लामिछानेका अनुसार नेपालमा भईरहेको जर्सी ब्यापारबाट मेस्सी सन्तुष्ट छैनन् । मेस्सीको भनाई उद्रित गर्दै उनले भने, ‘वर्ल्डकपको दर्शन जर्सीको ब्यापार, चाईनाको बिजनेस नेपाललाई बेकार !’

 

अर्जेन्टिनी कोच जोर्गे सामपावलीले पनि भने यो हारकालागि नेपाली फ्यानलाई मुछेकाछन् । उनले भने, ‘मन थिएन हरुवा बन्नलाई, पुजा गर्दा झापालीले राम्रै हुन्छ भन्थे भन्नलाई !’ साउथ अमेरिकन झाँक्री एसोसियसनका अध्यक्ष पावेल सोडियमले फ्यासबुकमा आक्रोस पोखेकाछन्-  ‘बाहिरबाट स्वस्ती स्वस्ती भित्रबाट खिस्सी, पुजा पाठले जित्ने भए किन चाहियो मेस्सी ?’ 🙂 

जेन्सीको  असहयोगमा

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com