नेपालकालागि मेस्सीको ३ गोल : सगरमाथामा पिकनिक, १४ करोडको पोल र म:म:को प्रचार

प्रकाशित मिति: १३ असार २०७५, बुधबार ०८:११

विश्वकपबाट बाईबाई हुनै लाग्दा अर्जेन्टिना फेरी मैदानमा फर्किएको छ । यो टिमले हिजोको खेलमा १ बिरुद्ध २ गोलले नाईजेरियालाइ गोलखाडी पठायो । यस अघि उ क्रोएसियासँग स्यान्टीफ्लाँट भएको थियो । यसकालागि मेस्सीका फ्यानहरुले नेपालका ‘पुजा-म्यान’लाई दोषारोपण गर्दै भनेको थिए, ‘बाहिरबाट स्वस्ती स्वस्ती भित्रबाट खिस्सी, पुजा पाठले जित्ने भए किन चाहियो मेस्सी ?’ झापाका समथिङ् ओलीले अर्जेन्टिनाको जितकालागि पुजा गर्दा उल्टो मन्त्र पढेको आरोप मेस्सी पक्षको छ ।

                                      (सगरमाथामा मेस्सीको टि-सर्ट)

तर हिजोको खेलपछि मेस्सी नेपाली फ्यानसँग बेसी खुशी देखिन्छन् । ‘ओला गुर्खाज अमिगो ! उनो, दो, त्रेस – दो गोलले फ्रेस !’ उनले तुईट्मा लेखेकाछन्, ‘खेल हेरेर रमाउनेमात्र हैन, खेल सिकेर कमाउनेतिर पनि लाग्नोस्, सधैंभरी म तपाईंकालागि गोल गर्न सक्दिंन ।’

यसअघि मेस्सीले नेपालकालागि ३ गोल गरि सकेकाछन्, जो धेरैले थाहा पाएर पनि संझिएका छैनन् । पहिलो गोल उनले भुकम्पका बेला गरेका थिए, रु १४ करोडको ! भुकम्पले भत्किएका पोल र टोलहरु पुर्ननिर्माण गर्न मेस्सीले यो गोल हानेका हुन् ।

बदलामा एक नेपाली आरोहीले मेस्सीकालागि एक गोल हानि दिएका थिए । यो क्रममा सगरमाथा आरोही डान जाङ्बोले मेस्सीको तस्वीर सहितको टि–सर्ट सगरमाथा पुऱ्याए । यी फुटबल स्टारको टि–सर्ट सगरमाथा टुप्पोमा फहराउने क्रममा आरोहीलाई हावाले झण्डै फुटबल बनाएको थियो । मेस्सीको टि-सर्टमात्र हैन, अब कुनै दिन उनि स्वयम् सगरमाथामा पिकनिक आउने खतरा बढेको छ ।

                                                                   (मेस्सीका मितभाइ प्रेम गुरागाईं)

मेस्सीले नेपालकालागि गरेको अर्को गोल हो, नेपाली म:म:को प्रचार ! टर्किस् एयरलाईन्सको ‘दोकान चलाउने’ क्रममा मेस्सीले नेपाली रेन्टुरेन्टमा म:म: खाएको दृष्य राखिएको छ । मेस्सीजस्तो बेस्सी चर्चित खेलाडीले नेपालको प्रचार हुनेगरी म:म: खानु गोल गरेभन्दा कम हैन । यस कारणपनि धेरै नेपालीहरु मेस्सीका बेस्सी फ्यान बनेको ‘मेस्सीका मितभाइ – प्रेम गुरागाईं‘को हनुमान छ ।

स्मरण रहोस्, म:म: शब्दको जन्मदाता मेस्सीका पुर्खा थिए । फेकिलिक्सका अनुसार, नेपाल आउने पहिलो अर्जेन्टिनी पर्यटक लियोसेन हिस्सीले म:म: नामाकरण गरेका हुन् । आजभन्दा ५०० बर्ष अघि म:म:लाई ‘मांसम् पिण्डम्’ भनिन्थ्यो । पहिलो पटक खाँदा हिस्सीलाई मांसम् पिण्डम् एकदमै मिठो लाग्यो । थप माग्ने क्रममा ‘मोर..मोर, मोर..मोर..’ भन्दाभन्दै अपभ्रंस भएर ‘मो..मो’बाट म:म: हुन पुगेको कुरा बरिष्ठ ईतिहासबिद् सत्य मोहन जोशीले असत्य भएको बताउनु भयो ।

 (मेस्सीको म:म: मोह)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com