सरकारले अब ‘फेसबुक सेना’ गठन गर्ने, ‘क्रान्तीकारी युजर’हरुलाई भर्ती आह्वान !

प्रकाशित मिति: १६ असार २०७५, शनिबार १६:५३

सामाजिक सञ्जालका क्रान्तिकारी युजरहरुलाई समावेस गरेर सरकारले ‘फेसबुक सेना’ गठन गर्ने भएको छ । ‘देशका लागि ज्यान दिन तयार’, ‘राष्ट्र बिरोधीको ज्यान लिन तयार’, ‘छाडालाई छाँट्न तयार’, ‘करप्टलाई काट्न तयार’ पोष्टकर्ताहरुबाट प्रभावित भएर यो योजना ल्याउन आँटिएको हो ।

‘सामाजिक सञ्जालको यो शक्ति लाईक र कमेन्टमात्रै लण्ठिनु राष्ट्रका लागि ठूलो घाटा हो ।’ एक पूर्व जनरलले गजुरीयल डटकमलाई भने, ‘यो उर्जालाई बेलैमा ब्यवस्थित नगरे बिष्फोट हुन सक्छ ।’ स्मरण रहोस्, बिष्फोटले कुनै पनि कानुन मान्दैन ।

गोप्य सुत्रका अनुसार फेसबुक सेना गठनको प्रकृया अघि बढि सकेको छ । यसकालागि फेसबुक र ट्विटरमा क्रान्तिकारी प्रयोगकर्ताहरुको सर्च अभियान शुरु भैसकेको छ । युरोप, अमेरिका, अस्ट्रेलिया, मध्यपुर्वबाट हजारौं नेपाली युवा यो सेनामा भर्ती हुने अपेक्षा सरकारको छ ।

स्मरण रहोस्, अन्य देशमा पनि फेसबुक सेनाको गठनको प्रयास भएकाछन् । भारतमा सरकारले सञ्जालका क्रान्तिकारीहरुलाई फिल्डमा उतार्ने संकेत दिएपछि धेरैजना पोष्ट डिलिट र अकाउण्ट डिएक्टिभ गरेर भुमिगत भएका थिए ।

यस बिषयमा जानकारी लिन हामीले गृह मन्त्रालयमा सम्पर्क गरेका थियौं । नाम नबताउने शर्तमा एक अधिकृतले भने, ‘तपाईंपनि भर्ती हुने भए यो समाचार सार्वजानिक गर्नोस् हैन भने चुपचाप चारआना, हल्ला गरे बाह्र आना !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com