कहाँबाट शुरु भयो रवि र कविको कथा ? -मनोज गजुरेल

प्रकाशित मिति: १३ श्रावण २०७५, आईतवार १६:१५

 

एकजना कवि थिए, उनको नाम छबि थियो
वीररस उनको बिधा थियो, सत्यरस हबि थियो,

सिर्जनाशक्ति धेरै भएर होला, ठाउँ कुठाउँ देखिन्थे,
कैले नालीमुनी हुन्थे, कहिले सालीमाथि नै भेटिन्थे ।

एकदिन रेल बनेर आउँदै थिए,
साइरनसंगै गजलपनि गाउंदै थिए ।

अकस्मात यौटा गहिरो खाल्डोमा खसे,
जहाँ कहिल्यै पुग्दैनथ्यो घाम अर्थात् रवि
कविजीको यही महान् कृत्य पछाडी,
भन्न थालियो,
‘जहाँ पुग्दैनन् रवि, त्यहां पुग्छन् कवि ।’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com