अ–सामान्य ज्ञान

प्रकाशित मिति: १५ श्रावण २०७५, मंगलवार १५:५५

 

 

सवारी: वारीको मान्छे वारी पारीको मान्छे पारी  ।

हुकुम:  कम हल्लाएर बोल्नु  ।

दर्शनभेट: दर्दनाक आशनमा गरिने भेट ।

आदेश: आँ……..गरि रहनेहरुको देश ।

आयोग: आयो र गयो, केही लछारपाटो लगाएन ।

नजर गर्नु: नयनमा जहर भर्नु ।

अध्यादेश: आध्यारो नै आध्यारोको देश ।

सरकार: सरर्र कार चढ्ने ।

मन्त्री परिषद: मन परेकाहरुको सदन ।

सिगरेट: सुर्तीलाई कागजमा बेरेर तयार पारिएको पोको जस्को एकातिर सुर्तीको धुलो हुन्छ भने अर्कातिर मुर्खको हात ।

सम्बन्ध बिच्छेद: बिबाहको भविश्यकाल ।

डिक्सनरी: यस्तो ठाउा जहाँ बिबाह भन्दा पहिले डिभोर्स आउँछ ।

आदी……..: म यो भन्दा धेरै जान्ने छ भने अरुलाई भ्रम छर्न प्रयोग गरिने शब्द ।

कमिटि: ब्यक्तिले एक्लै केही गर्न नसकेपछि सामुहिक रुपमा बस्ने ठाउँ जहाँ कुनै  निर्णय हुन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com