जस्तालाई तस्तै, मासुभात निस्तै

प्रकाशित मिति: १५ श्रावण २०७५, मंगलवार १६:११

 

 

हाम्रो सोसाइटी बडो गज्जबको छ । खाना खाादै गरेको आफ्नो आाखा देखिरहेको छ र पनि प्रश्न राख्छ, ‘खाना खाँदै हो ?’ सुतिरहेको देखिरहेको छ, अर्को आएर सोध्छ, ‘सुतिरहनु भएको ?’  म त वाक्क भैसकें ।  आउनोस्, जस्तालाई तस्तै जवाफ दिउँ 🙂 ।

प्रश्न : कपाल काटेर आएको देखि रहेको छ तर पनि सोध्छन् : ‘कपाल काटेर आउनु भएको हो ?’
उत्तर : हैन, हिजो नगरकोट गएको थिएा, भएंकर हुरी चलेको थियो, उडाएर लगेछ 🙂 

प्रश्न : खाना खाँदै हो ?
उत्तर : कहाँ खाना खानु,  ढुङ्गो चपाएर दाँतको एक्सरसाईज गर्दैछु 😛

प्रश्न : ओ हो, भाउजुलाई मन पराएरै बिहे गर्नु भएको होला ?
उत्तर : हैन, सासु मन परेको हो , तर उनि मानिनन् 😆

प्रश्न : ओ हो , बाबु कति ठुलो भएको ?
उत्तर : आन्टी, हजुर त कस्तो खिईंदै जानु भएको नि  😆

प्रश्न : (शब यात्रामा) ए, गोपालकाका , बित्नु भएको हो ?
उत्तर : हैन , उहाँ सुत्नको सौखिन हुनुहुन्छ , सुतेरै तिर्थयात्रा गराउन लगेको :mrgreen:

प्रश्न : कस्तो जाडो छ हगी ?
उत्तर : कहाँ जाडो हुनु, मलाई त चिसोले उखपात भैसक्यो । लौ न, ठण्डा पिउँ  😀

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com