हाम्रो सम्पादकीय लाईन

प्रकाशित मिति: १९ श्रावण २०७५, शनिबार ०६:४५

 

 

गजुरीयल डटकम रियल कुराहरुको गजुरियल टिप्पणी हो । यहाँ प्रकासित समाग्रीहरु अर्धसत्यमात्र हुन् । कसैको जीवनसँग मेल खान गएमा संयोगमात्र हुनेछैन, भूलसुधारको सुन्दर अवसर पनि बन्नेछ 😀

शालिन, शरल र सभ्य हास्यव्यंग्य हाम्रो उद्धेश्य हो । उद्धेश्यबाट स्खलित भएमा मुक्का मार्न सक्नुहुन्छ तर प्रतिकृया पठाएर 😀 हामी सत्य बोल्न र तथ्य लेख्न सधैं हिचकिचाउछौ किनभने ज्यानको माया सबैलाई हुन्छ ।

सिधा कुरा–प्रष्ट बिचार गजुरियल डटकमको मूल सिद्धान्त हो । सिधा र प्रष्ट बिचार राख्दा कुटाई खाने डर हुन्छ । यस्तो बेलामा सिद्धान्तलाई केही हुन्न, ज्यानले दु:ख पाउँछ । हाम्रा सामाग्रीले कसैको मपाईंत्वमा ठेस पुगेमा कृपया हामीलाई हात नहाल्नु होला । वकिल र न्यायधिसलाई पनि काम दिनु पर्दछ 😀

हामी बाङ्गो लेख्छौं, बाङ्गो बोल्छौं र बाङ्गै देखाउछौं तर हामी सुल्टै जन्मिएका हौं । कुनै सामाग्रीको मर्म नबुझेर चर्म चिलाउन सक्छ तर चिन्ता लिनु पर्दैन । किनभने गैंडालाई पनि कुरो बुझ्न बर्षदिन लाग्छ । हामी त गैंडाभन्दा पनि बुद्धिमान प्राणी, दुई–चार बर्षपछि अवस्य बुझिन्छ 😀

गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरु पढ्दा तपाईंलाई सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिकमात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं । रमाईलो मानिदिनु भयो भनेमात्र खुशी हुन्छौं 😀

हाम्रो शैली नै झुक्याएर मनोरञ्जन दिने हो । तपाईंको भावनामा खेलेर चित्त दुखाएकोमा क्षमा याचना माग्छौं । बदलामा तपाईंले पनि हामीलाई प्रतिकृया मार्फत् चित्त दुखाउन पाउने अधिकारको ग्यारेन्टी गरिएको छ :mrgreen:

उमेरले कच्चा–दिमागले पक्का भएका, ज्यानले केही नचल्ने–मनले सबथोक चल्ने, शोकले सुकेका, रोगले रोएका, हाँसेर बाँच्न चाहाने, बाँचेर हाँस्न चाहाने, सबै उमेर र बर्गलाई हाम्रा उत्पादन लाभदायक रहेको डाक्टरले बताएका छैनन् तर हामी त्यो दावा गर्छौं  😆

आपराधिक, साम्प्रदायीक, ईगोरोगी, हास्यको मर्म नबुझ्ने, ब्यंग्यको धर्म नजान्ने बिद्धानहरुले डाक्टरलाईं जँचाएरमात्र साईटभित्र प्रबेश गर्न हार–दिक्क अनुरोध छ 😆

तपाईंको तिखो ताली हाम्रो पुर्जा हो । तितो गाली हाम्रो उर्जा हो । तपाईं बिचार, सुझाव र प्रतिकृयाकोलागि हाम्रो ईमेलको ढोका सधैं खुल्ला रहनेछ । सबैं हाँस्नु सकौं, सधैं हाँस्न सकौं 😛

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com