खाक्सी ब्यापारीदेखि सावधान….

प्रकाशित मिति: २२ श्रावण २०७५, मंगलवार १४:२९

 

 

बाबु: पसलमा बसेर सामान बेच है छोरा, म एकछिन बजार पुगेर आउँछु ।

छोरो:  हस्  बाबा !

(एकैछिन् पछि एउटी ग्राहक आउँछिन्) 
ग्राहक:  ए भाइ, ट्वाइलेट पेपर छ ?

छोरो: (यता उता हेर्दै) छैन रहेछ ।


बाबु: (पसलमा पस्दै) ग्राहक आएनन्  छोरा ?

छोरो:  आएकी थिईन् एकजना तर ट्वाइलेट पेपर नै थिएन ।

बाबु:  हैट, ग्राहकलाइ खाली पठाउनु हुन्न। केही त बेचेर पठाउनु पर्छ है छोरा ।

छोरो:  हस् बाबा ।

(भोलीपल्ट)

ग्राहक: भाइ आज  ट्वाइलेट पेपर छ ?

छोरो: त्यो त छैन । मिल्दोजुल्दो खाक्सी छ, लैजानु न है  :mrgreen:

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com