पोखराका पुर्खधन गुरुङलाई चिन्नहुन्छ ? लौन, उनका आफन्त खोज्नु पऱ्यो !

प्रकाशित मिति: २५ श्रावण २०७५, शुक्रबार ०२:२९

 

 

 

श्री केशु थापा,
अध्यक्ष
जनउद्धार केन्द्र (पेनाङ) मलेसिया ।

बिषय:  १२ जना नेपाली काठमाण्डौ आई पुगेको संबन्धमा ।

प्रिय केशुजी, जनउद्धार केन्द्रको पहलमा त्यहाँका विभिन्न जेलबाट फेरी उद्धार गरि पठाईएका १२ जना नेपाली सकुशल काठमाण्डौ आई पुग्नु भयो । ती मध्य अशक्त पुर्खधन गुरुङलाई हिजै राती मानव सेवा आश्रम, हातिवनमा राखेकाछाैं । यसकालागी समाजसेवी विनयजंग बस्नेत तथा गोविन्द टन्डन सरलाई तपाईले पनि ब्यक्तिगत रुपमा धन्यवाद भन्दिनुहोला ।  पुर्खधन दाईको उपचार, बसोबास र खानपिनको ब्यबस्था केहि दिनको मानव सेवा आश्रमले गर्नेछ । पुर्खधन दाई अशक्त हुनुहुन्छ । मुल घर स्याङ्जाको राम्चे बताउनु हुन्छ । हाल पोखरातिर बसोबास होला रे । छोराछोरी र श्रीमती भएपनी सम्पर्क छैन रे । एकजना भाइ मोहन बहादुर गुरुङ प्रपर्टी ? को काम गर्छ भन्नू हुन्छ । त्यो भन्दाबढि थाहा छैन रे !

केही दिनपछी अलि ठिक हुनुहोला । सँगसँगै आफन्त खोज्ने काम पनि हुनेछ । पोखराका समाजसेवी र सामुदायीक प्रहरीलाई अनुरोध गरेका छौँ । । आशा छ, हामी उहाँलाई चाँडै नै आफन्तसँग भेट गराउन सफल हुनेछौं । १० बर्षदेखी बिछोडिएको परिवारमा खुशीको दियो बाल्न सक्षम हुनेछौं ।

अन्त्यमा, तपाईंको यो पुनित कार्यको लागि पुनः धेरै धेरै धन्यवाद । । सबैको जय चाहाने तपाईंको पनि सधैं मङ्गल होस्, सबै मङ्गल होस् ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com