हनुमान साँच्चै उड्थे किनकी उनको शरीरमा हाईड्रोजन ग्यांस थियो – युवा अनुन्धानकर्ताहरु

प्रकाशित मिति: २९ श्रावण २०७५, मंगलवार ०३:०६

 

घरको छानामा राखेको डिस एन्टेनालाई स्टिलको छाता ठान्ने पिताजी र पिताजीको टुप्पीलाई बाहुनको एन्टेना ठान्ने पुत्रबिचको खत्रा कुराकानी : 

पिता : दुध कहाँबाट आउँछ, थाहा छ ?

पुत्र : ट्यांकरबाट ।

पिता : गुलाफ कहाँ पाइन्छ ?
पुत्र : मेडिकल सपमा ।

पिता : हनमान कसरी उडेर लंकामा आगो लगाए होला ?
पुत्र : सायद शरीरमा हाइड्रोजन ग्याँस भरेर आत्मघाती आक्रामण गरे होला !

पिता : राम बनबास जाने बेलामा रामले भाइ भरतलाई किन जुत्ता किन दिए  ?
पुत्र : हिड्ने बेलामा ऱ्याक गर्दा रामले मात्र होईन जस्ले पनि जुत्ताले हान्छ नि ।

पिता : माउन्ट एभरेष्टको हाइट कति छ ?
पुत्र : क्वाटरको, हाफको कि फूल बोतलको ?

पिता : हाम्रा पुर्खाहरु खुकुरी र ढालका भरमा लडेका थिए, तैले देखेको छस् ?
पुत्र : जति छ, खुकुरी त हजुर नै तान्नुहुन्छ, ढालचाहिं…भन्ंिदन लाज लाग्छ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com