मेरो भित्रि परिचय…

प्रकाशित मिति: २९ श्रावण २०७५, मंगलवार ०३:३२

 

म स्वास हुँ, म प्रश्वास हुँ, पानीको फोका हुँ,
म हड्डी हुँ, म मासु हुँ, म बिचारको पोका हुँ,
जन्मिऐं किन यो धर्तीमा, जान्छु कहाँ म मरेर ?
सबै छ तर भौतारिन्छ मन केही नभएझैं गरेर ।

अमर बन्न मन छ तर कस्ले दिंदैन बाँच्न ?
उड्न मन छ तर को हो त्यो नदिने नाँच्न ?
संसार थाहा छ, तर ‘मन–सार’मा प्रश्नको भारी ।
भारी बिसाउने चौतारी, ध्यान र योगको छहारी ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com