जिग्रीको गाईजात्रे रुप : मूलुकी ऐनलाई खुर्सानीको धुप…

प्रकाशित मिति: ७ भाद्र २०७५, बिहीबार ११:२७

 

सरकारले जनताकालागि मूलुकी ऐन ल्याएपछि अब नेताकालागि पनि मूलुकी ऐन घोषणा हुने भएको छ । जनताको सरकार, कानुन मानुन् कि नमानुन् मन्त्रालयद्धारा चाँडै यो ऐन घोषणा हुनेछ ।

 

१. कुनै नेता वा मन्त्रीलाई भ्रष्टाचारको आरोप लागेमा  सम्पूर्ण सम्पती राष्ट्रि्यकरण हुनेछ । भ्रष्टाचारी ठहरिएपछि टुकुचामा तिनचोटी चोपलेर देश निकाला गरिनेछ तर बिदेश भाग्न दिईनेछैन ।

२. एक बर्षभित्रमा धुलो, धुँवा र खाल्डाखुल्डीको दीर्घकालिन समाधान नगरेमा मेयरलाई ईटाभट्टाको चिम्नी छिराईएको बन्द कोठामा तिन महिना कैद गरिनेछ । आपत परेमा खाल्डाखुल्डीको पानी उपलब्ध गराईनेछ ।

३.  बिदेशबाट कुनै नेपालीले उद्धारकालागि रुँदै भिडियो पठाएमा श्रममन्त्रीलाई खुर्सानीको भट्टीमा टट्टी गराईनेछ । भाग्ने प्रयास गरेमा खुर्सानीको धुलोले झट्टी हानिनेछ ।

४. उपचारको अभावमा कुनै नेपालीको मृत्यू भएमा स्वाश्थ्य मन्त्रीलाई बर्खास्त गरी इबोलाको भ्याक्सिन लगाएर कंगोमा लगेर छोडिनेछ । भाग्न खोजेमा सुडानको मरुभुमी स्थानान्तरण गरिनेछ ।

५. चुनावको बेला बाँडेका आश्वासनहरु पाँचबर्षभित्रमा पुरा नगरेमा टुडीखेलमा उभ्याएर उठबस गराई डाँको छोडेर रुँदै माफी माग्ने र आजिवन राजनीतिबाट सन्यास लिने घोषणा गर्नुपर्नेछ ।

६. राज्यकोषको रकम खर्च गरि बिदेश उपचार गर्न गएमा निको भएपनि स्वदेश फर्कन पाईनेछैन । यदि उपचार असफल भएमा राज्यले राम राममात्र भन्ने छ, काँध हाल्न आउनेछैन ।

७. नेता तथा जनप्रतिनिधिहरुले आफ्ना सन्तानलाई सरकारी बिद्यालयमा पठाउनु पर्नेछ । कानुनको खिलामा जाने जोसुकै नेताले आफ्नो चुनावी क्षेत्रका सबै मतदाताका सन्तानको प्राईभेट स्कुलको शूल्क: तिरिदिनु पर्नेछ ।

-कुमार कट्टेल जिग्री-

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com