अलकत्रा खाएर मट्टितेलले कुला गर्ने यी अद्भुत मान्छे को हुन् ?

प्रकाशित मिति: १४ भाद्र २०७५, बिहीबार ०३:२५

साँझको बेला । सिमसिम पानी परि रहेको छ । चोकमा अलकत्रा र चिप्स सहितको ट्रयाक्टर आएर रोकियो । दुई युवाले बेल्चा निकाले । फटाफट त्यो मसला हिलो सडकमा खसाल्न थाले । स्थानीयबासी र उनिहरु बिचको संवाद यस्तो थियो…

स्थानीय: ए भाइ, पानि परिरहेको छ, हिलो छ । यस्तोमा पिच गरेर कति दिन टिक्छ ?

लेवर: मैले हो र ! ट्रयाक्टरले ल्याई हाल्यो । अब कहाँ फर्काउने त !

स्थानीय: यस्तो झरीमा किन ल्याएको भाइ ?

ड्रईभर : सुपरभाईजरले लैजा भनेपछि लानै पऱ्यो । मेरो के दोष !

स्थानीय : के गरेको सुपरभाईजर साप ?

सुपरभाईजर : पकाउनेले पकाई हालेछन् । फाल्ने कुरा भएन ।

स्थानीय : बेला न कुबेला किन पकाएको भाइ ?

पकाउने लेवर : हाम्रो काम पकाउने हो । सुपरभाइजरले जे भन्छ त्यही गर्नुपर्छ ।

स्थानीय : तपाईंले भनेको रे त ?

सुपरभाईजर : ठेकेदारले चाँडै काम सक्ने भनेकाछन् ।

स्थानीय : कुरो के हो ठेकेदार साब ?

ठेकेदार : सरकारले काम चाँडै सक्नु भनेको छ ।

स्थानीय : यस्तो पनि काम हुन्छ त सरकार ?

सरकार : जनताले काम ढिलो भयो भनेर चाँडै गर्न आदेश दिएको हो ।

जनता :

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com