साउदी अरब सरकारले यी नेपाली वैज्ञानिकलाई पुरस्कृत गर्ला त ?

प्रकाशित मिति: १५ भाद्र २०७५, शुक्रबार ०८:१८

 

साउदी सरकारले एक नेपाली युवालाई पुरस्कृत गर्ने खतरा बढेको । त्यहाँको ‘साफी डेरी फार्म’मा कार्यरत जीतु खड्का गाउँलेले चरा धपाउने अनौठो प्रबिधिको विकास गरेपछि यो खतरा बढेको हो ।

मोरङ, उर्लाबारीका खड्का बिगत १५ बर्षदेखी त्यस गाईफार्ममा काम गर्दै आएकाछन् । उनले फार्मको करेसाबारीमा रायोको साग रोपेका थिए । अरबको गर्मीमा अर्ग्यानिक तरकारी खान पाउँदा उनका थानीय तथा स्थानिय साथीहरु दंग थिए ।

तर, अरबी ढुकुर, भँगेरा र रुपीहरुले धेरै दु:ख दिन शुरु गरे । कहिले रायोको बिउ खाईदिने, कहिले सागको बोट उखेलिदिने, कैलेकाहीं बाच्छाहरु नै टिपेर उड्लान्जस्तो गर्न थाले । अराजक चराहरुको अरबी हर्कत हटाउन अमेरिकीहरुले पनि सकेनन् । त्यसपछि कम्पनीका सिईयोले यो काम क्वालिटि कन्ट्रोल टेक्निसियन खड्कालाई जिम्मा दिए ।

उर्लाबारी, मोरङका वुवा वैज्ञानिक खड्काले गोर्खाली काईदा निकाले । प्लास्टिकका डोरी खोजे । सिसाका बोतल भेला पारे । बोतललाई डोरीमा बाँधेर तरकारी बारी र गौमाताका गोठमा झुण्ड्याई दिए । त्यसपछि चरा आतंक अन्त्य भएको फार्मको फ्यूजलेटरमा उल्लेख छ ।

यो प्रबिधिका अनुसार, जब कुनै चरा तरकारी टिप्न वा बाच्छा ठुङ्न आउछ तब डोरीमा ठोकिन्छ । डोरी हल्लिएपछि सिसा जुध्छ र आवाज निस्किन्छ । आवाजले अरबी चराहरु तर्सिएर अरब सागरतिर भाग्दछन् ।

 

यो गोर्खाली आविस्कार देखेपछि फार्मका अरबी मालिकले आफुलाई पुरस्कृत गर्ने खतरा बढेको वुवा वैज्ञानिक उनले बताए । चरा धपाउन यस काईदालाई खड्काले ‘खड्काईदा’ राखेकाछन् । कस्तो लाग्यो त तपाईंलाई यो खड्काईदा ? 😀  😀 अकडा कुरा

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com