उत्तम सञ्जेलको सर्वोत्तम सन्देश : हेर्नोस्, ३०० रुपैंयाको आदर्श विवाह…(भिडियो सहित्)

प्रकाशित मिति: १८ भाद्र २०७५, सोमबार ०६:४४

 

दुलाहाको नाम : उत्तम सञ्जेल
दुलाहाको काम : शिक्षा सेवा
(जम्मा रु. १०० /–  मा नर्सरीदेखि नर्ससम्म पढाउने समता शिक्षा अभियानका अभियन्ता । नेपालका ७७ जिल्लालगायत भारत, श्रीलंका, बंगालदेश गरेर करिब ६५ हजार गरिब बिद्यार्थीलाई सहज शिक्षा अभियान चलाई रहेका )

दुलहीको नाम : कला अधिकारी
दुलहीको काम : बिरामीको सेवा
(जम्मा रु. १००/– मा उपचार गरिने समता अस्पतालमा हेल्थ असिस्टेन्टको रुपमा कार्यरत ।)

विवाहस्थल : गुहेश्वरी मन्दिर परिसर
जन्ती संख्या : जम्मा १० जनामात्र
(मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, उपेन्द्र महतो, गुणराज लुईंटेल, प्रतीक प्रधान, मनोज गजुरेल, सिताराम कट्टेल ।)
विवाहको समय : ५ मिनेट)
भोज : एक किलो लड्डु (स्पोन्सर्ड बाई मह जोडी)

विवाहका बिशेषता :
–परिवारका मान्छेहरु बोलाउँदा लेनदेनको कुरोपनि आउने भएकाले आपसी सहमतीमा वैवाहिक समारोहमा सहभागी नगराईएको ।

–दुलही पक्षले विवाहमा गर्न चाहेको खर्चलाई समता अस्पतालमा उपचार गरि औषधी समेत किन्न नसक्नेहरुलाई सहयोग गर्ने जानकारी ।

–दाईजोको रुपमा सिङ्गै छोरी नै पाएको हुनाले दुलाहा पक्षले ससुराली पक्षलाई आभार ब्यक्त गर्दै दाईजोको बिकृतिलाई ब्यवहारबाटै बिरोध गर्ने ।

विवाहमा भएको खर्च यस प्रकार रहेका छ ।

सिन्दुर – रु. २५ /– मात्र
पोते – रु. ७५ /– मात्र
माला (२)– रु. २००/– मात्र
जम्मा खर्च– जाबो रु. ३००/– मात्र

#उपरोक्त खर्चमा ट्याक्स र भ्याट जोड्ने/नजोड्ने सर्वाधिकार स्थानीय सरकारमा सुरक्षित छ । 😀 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com