प्रचण्ड-मोदी भेट : माछापुछ्रेको हिँउबाट आईसक्रिम बनाउने, लुम्बिनीको माटो पेलेर रोटी पकाउने…

प्रकाशित मिति: २४ भाद्र २०७५, आईतवार ०६:३८

 

एक जमानाको कम्युनिष्ट पार्टी (एकपा)का अध्र्यक्ष फुष्पकमल दहाल भारत भ्रमणमा छन् । उनकै शब्दमा ‘प्रधानमन्त्री मोदीसँग बहुत खुलकर वार्ता हो रहा है ।’ समाचार अनुसार, खुलते खुलते मोदीजीने ईतना खोल दिए है कि ‘सगरमाथाके पानीको मिनरल वाटर बनकार ब्यापार करने कि ईच्छा’ भि खोल दिया है । मोदीजीका यह ईच्छा सुनकर प्रचण्डजी भि खुशी से तिन बित्ता उफर गए है । लेकिन यो भन्दा पहिलेका थुप्रै आश्वासनहरु आस्वासनमै सीमित है । यो कुरा संझिएर अध्यक्ष पुन: चार बित्ता तल भासिएका थिए ।

अनविज्ञका अनुसार, ‘पानी र जवानी पहाडमें नही रह सकती है’ भन्ने मोदीको चर्चित भनाईको तात्पर्य अहिले खाएर खुलेको छ । उनिहरु भन्छन्, मिनरल वाटर बनाउन चाहेमा भारतले नेपाललाई गुहार्नै पर्दैन ।

उत्तराञ्चल, हिमाञ्चल, अरुणाञ्चल, लद्धाख, कस्मिरमा जतिपनि हिमाल छन् । त्यहाँबाट मिनरल वाटर बोतलमामात्र हैन, ट्यांकरमै उत्पादन गर्न सकिन्छ । तर, सगरमाथाकै पानी किन चाहिएको हो ? उनिहरु भन्छन्, ‘दालमें कुछ काला हैं, पानीमें स्वार्थ डाला है ।’ मोदीको आश्वासनले प्रचण्ड बहुत दंग देखिन्छन् तर यो मिनरल वाटरको च्याँखे किन थापेका हुन् ? यो कुरा प्रचण्डले त बुझेका छैनन् भने हामीले के बुझ्नु !

जान्नेहरु भन्छन्, कुटनीतिमा जे गरिन्छ त्यो भनिंदैन, जे भनिन्छ त्यो गरिंदैन । यो सिद्धान्तलाई मान्ने हो भने मोदीले अन्य कुरामा पनि चारो छरेको हुनसक्छ ।

सगरमाथाको पानीबाट मिनरल वाटरमात्र हैन, माछापुछ्रेको हिउँबाट आईसक्रिम निर्माण गर्ने, ताप्लेजुङको अम्रिसोबाट कपडा फ्रेक्ट्री खोल्ने, डोल्पाको यार्सागुम्बाबाट औषधी कारखाना बनाउने,  लुम्बिनीको माटोबाट आयुर्वेदिक रोटी तयार पार्ने, सिमानाको जमीनबाट मिनि भारत बनाउने प्रश्तावपनि गर्न सक्ने भएकोले प्रचण्डलाई जल्दी घर फर्किंन भनिएको छ । चाँडै आक्रोसित हुने र छिट्टै बहकिने ‘प्रचण्ड स्वभाव’लाई ध्यानमा राखेर यो निणर्य गरिएको गोप्य शुत्रले बताएन, हामीले आफैं अनुमान लगाएका हौं ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com