हुईंया सरकारको फुइयाँ समृद्धि

प्रकाशित मिति: २६ भाद्र २०७५, मंगलवार ०९:५०

मंसिरको चुनाव सँगै आथ्यो समृद्धि,
प्रचार प्रसार, आश्वाशनमा छाथ्यो समृद्धि !
सँगै लडे, पार्टी मिले सुन्दै समृद्धि,
एक छत्र चुनाव जिते गुन्दै समृद्धि !
गणतांत्रिक सरकार बन्यो छायो समृद्धि,
मन्त्रीजीको भाषण बनी आयो समृद्धि !
उड़ने कार, गुड़ने रेलको कुरा समृद्धि,
काठमाण्डौ खाल्डे सडक पुरा समृद्धि !
हेर्दिँन म, पढ्दिँन म भाग्ने समृद्धि,
मेयर देख्दै कुरी कुरी लाग्ने  समृद्धि !
गफै गफका गफास्टकले खायो समृद्धि ,
ढाँटको निम्तो खाई पत्याउने आयो समृद्धि !
सिन्डिकेट, भ्रस्टाचार सुनकाे समृद्धि,
कारवाही भन्ने आफैं खाने घुनको समृद्धि !
होला होला भन्दाभन्दै आशको समृद्धि,
बलात्कार, अपहरण, त्रासको समृद्धि !
हात्ती गयो  स्याल आयो हुईयाँ समृद्धि,
आयो आयो नेपालमा फुइयाँ  समृद्धि!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com