नेत्रपान गर्नोस्, ज्यूँदै स्वर्गको अनुभुती गर्नोस्….(फोटोकथा)

प्रकाशित मिति: २८ भाद्र २०७५, बिहीबार १६:१०

 

 

अहिले हामी हिमाल पारीको सुन्दर जिल्ला मुस्ताङको रमाईलो यात्रामा छौं, बर्षात्ले दिएको दु:खको कुरा अहिले नगरौं । हिजो मुक्तिनाथ मन्दिरको अलौकिक दर्शन गऱ्यौं, फर्किंदा रमेश बरालजी चिप्लिएर लडेको लौकिक कुरा पनि नगरौं । यस्तो रमाईलो त कहिल्यै भएको थिएन, उर्लंदो भेलमा गाडी अड्किएर भागाभाग भएको पनि नगरौं । आंखै अगाडी देखिने सेताम्य हिमालको दृष्य यति मनमोहक थियो कि हुस्सुले केहीपनि देख्न नपाएको कुरापनि अहिलेलाई नगरौं ।

पूर्व माननीय पासाङ शेर्पा, व्यवसायी रमेश बराल, समाजसेवी मिङ्मा कामी शेर्पा, बुबाहरु चिन्तामणी बराल, सुधा शेर्पा र म नोज गजुरेल यो यात्राका सहयात्री छौं, बिचबिचमा रमेश र मेरो ठाकठुक परेको कुरा झन गर्दै नगरौं ।

अपर मुस्ताङ जान कागबेनीबाट छुसाङ लाग्दाको मज्जा अविस्मरणीय छ तर बिचबाट फर्किंनुको पिंडा पनि सुनाउन चाहान्नौं । बाटोमा राम्रा राम्रा तस्वीर लिनुको खुशी कहिल्यै बिर्सिंन्न, ईन्टरनेट अभावको पिंडाचाहीं भन्दै नभनौं । चिसो मौसमको मज्जा कहिल्यै भुलिन्न तर जाडोले बुबाहरुको सातो खाएको कुरापनि लुकाउनै पर्छ ।

जोमसोमबाट बेनी फर्कंदाको अद्भुत यात्रा रियल्ली अन फर्गेटेभल बट बाटोमा खोला नाला बौलाएर तर्साको कुरो पनि अहिले हाईड गर्नु उचित हुन्छ । हिमालका टुप्पाबाट झरिरहेका झरनाहरुका दृष्य दिमागमा सधैं रहनेछन्, बाढी र पहिरोले बाटो छेकेर हुर्मत लिएको बिषय सुनाउन मन छैन । गाडीभित्र गीत गाउंदै रात कटाएको याद रहि रहन्छ, बाढी पहिरोको कब्जामा रातभरी गाडीमै कटाएको घटनालाई अहिले गुपचुप राखौं होला ।

हिजो रातीको बर्षात्का कारण जोमसोम बेनी सडक खण्ड ठाउा ठाउामा पहिरोले पुरेको हुनाले हामी पुन: जोमसोमतिर बिरताकासाथ पछाडी पफर्किएको दु:ख पनि अहिले शेयर नगरौं भनेर मुस्ताङ वरपरका केही रमाईला दृष्यहरुमात्र शेयर गरेकाछौं । अहिले यति, बाकी बिस्तारै कति हो कत्ति…

 

 

 

 

 

 

 

 

क्यामेरा: पासाङ शेर्पा
(पुर्व अध्यक्ष, जनजाती महासंघ)
शब्द: मनोज गजुरेल
(पश्चिम उपाध्यक्ष, जनैजाती महासंघ) 😀
संयोजन: रमेश बराल
(दक्षिण सदस्य, लाइभ महासंघ) 🙂
ब्यवस्थापन: मिङ्मा कामी शेर्पा :mrgreen:
(उत्तर अध्यक्ष, जनसाथी महासंघ)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com