चीनले खोल्यो सातवटा नाका, नेपालबाट के के निर्यात गर्न सकिन्छ ?

प्रकाशित मिति: २९ भाद्र २०७५, शुक्रबार ०४:५८

 

प्रधानमन्त्रीज्युको मुखराविन्दबाट अर्को एउटा खुशीको ‘कुरा’ आएको छ- ‘नेपाल अब भुपरिबेष्ठित रहेन ।’ ‘कुरा’ अनुसार,  एउटा हैन, दुईवटा हैन, सात सातवटा नाका सजिलै प्रयोग गर्न पाउने गरी चाइनासँग सहमति भएछ !

हाम्रो मति राम्रो भए सहमती  पूरा हुन्थ्यो होला तर जति सहमती भएपनी हाम्रो गति सुध्रीहाल्ने सम्भावना कम छ । किनभने, संबन्ध वीथ चाईना, आज छ भोली छैन !

जे होस् , कुरो नराम्रो पक्कै होईन ।

सहमतीको भरपुर प्रयोग गरेर जनतालाई प्रसस्त सेवा सुबिधा दिन नसकिने होईन ।  हामीसँग पैसा भए आयातको ओईरो लाग्नसक्छ ।  किनेर ल्याउन कतैबाट  रोकावट नहोला । तर, एकोहोरो आयातमात्र गर्ने कुरा सधैं सम्भव नहोला ! नाकाबाट निर्यात गर्नेचाहिँ के त ?

सातवटा नाकालाई नियमित गर्ने चाईनाबाट ल्याउनेमात्र होईन, नेपालबाट पठाउने सामाग्रीपनी चाहिन्छ । निरन्तरको आयातलाई सन्तुलन राख्न निर्यातजन्य वस्तुको उत्पादन र बिक्री बढाउनु उतिकै जरुरी हुन्छ ।

समृद्ध नेपालको सपना देख्ने एउटा नागरिकको हैसियतले सरकारलाई सहयोग गर्नु हाम्रो दायीत्व हो ।  निर्यात गर्ने भनेको आफ्नो मुलुकलाई आत्मानिर्भर बनाएर बँचेको चिज मात्रा हो ।  जडीबुटी निर्यात गरौं भने  बाबा रामदेव रिसाउलान् । पानी निर्यात गर्न मोदी रिसाउलान् ।

कृषिजन्य उत्पादन निर्यात गर्न भुमाफिया रिसाउलान् । अलिअली बाँकी छ् तर काम गर्ने तन्नेरी बिदेशतिर लागेपछि यो पनि सम्भव छैन ।

निर्यातका लागि हामीसँग  रहेको पर्याप्त चिज भनेको नेताहरु हुन् । हाम्रोमा नेता यति धेरै छन् कि  चिनका सातवटा नाकाबाट निर्यात गर्दापनि अभाव हँदैन । लोभीपापी राजनीतिक नेतृत्व,अस्थिर राजनीति,आशा निराशा र कुन्ठा , भ्रष्टाचारी, बलत्कारी, ब्यभिचारी, यौन पिपासुलाई पनि नेतासँगै निर्यात गर्न सकिन्छ । ठेक्कापट्टा हात पारेर  काम नगर्ने ठेकेदार,  उपभोक्ता ठग्ने बिचौलिया, घुसखोर कर्मचारी, ग्राहकमारा ब्यापारीहरु पनि निर्यातको गर्न सके ती सातवटा नाका चल्लान् नत्र नाका खुल्यो, नाका खुल्यो फुस्सा होला !

यसबारेमा प्रधामन्त्रीज्युको विचार के छ कुन्नी !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com