पछि पछुताउनु नपर्ने गरि अहिले कसरी जिउने ? पढ्नोस्, काका पुराण ।

प्रकाशित मिति: २९ भाद्र २०७५, शुक्रबार ०५:१७

 

  • उ बेला अलिअलि पैसा कमायो की बचत गर्नु नै बहादुरी संझिन्थें। पाँच प्लेट मम: खान सक्ने तन, मन छँदाछँदै पनि हाफ प्लेट मममा चार पटक अचार थपेर खाई चित्त बुझाइयो । ऐले दुइ पीस मम के पेटमा पर्छ,  सुरु भैहाल्छ ढ्याउ…ढ्याउ…!
  • मासु कहिलेकाहीं खान पुग्ने ! त्यो पनी थोरै मात्र । अनि हड्डी सड्डी चर्याप चुरूप पारिन्थ्यो । मैले एक टुकुडा पनी हड्डी फालेको छैन भन्दै खूब फुर्ती गरिन्थ्यो । ऐले देख्या छु बाबुको बिहे ! अली चिसो खायो सिरिंग ,तातो खायो सिरिंग, सारो खायो, कमलो खायो उही सिरिंग !  ति चपाएका सबै हड्डि फिर्ता गराैं झैं लाग्छ !
  • उमेरमा आफैलाई मोटाउन रहर ! आमा-बुबालाई खाईलाग्दो छोरो देख्न रहर ! गर्लफ्रेन्डलाई हृष्टपुष्ट  ब्वाईफ्रेन्ड   देखाऊने रहर ! तर, कसैको रहरलेमात्र नहुँदाे रहेछ ।
  • ए नदौडी ,लडिन्छ ,खुट्टा भाँचिन्छ, होस् गर्नु पर्छ भन्ने सुनेकै हो । मैमत्ता जोश-जाँगर थियो । कसैलाई टेरिएन । ।तिन काँन्ला मुनी फाल हानिएन की, ठुल्ठुला भारी बोकेर ओरालोमा गमरङ गमरङ गर्दै,  टुसुक्क नबिसाई घर उगिएन कि !
  • कठै! आज मेरा घुँडाका पाङ्रा पत पत पोल्छन् । कतै खोर्सानीको धुलो नै पसेझैं !
  • उमेर छँदा अलिअलि ठोकियो, अलिअलि मर्कियो, अलिअलि च्यापियो । शरीरका अनेकौ अंगमा दुख्दै गर्छ, हिड्दै गर्यो । माडमूड, तानतुन, सेकसाक चल्दै आयो ।
  • भविस्यको दुःख सोच्दै सोचिएन । ए बा ! ऐले त यतै दुख्छ, उतै दुख्छ । के भएको यस्तो ?!

ए काका, बितेको कुरा अल्झिएर के हुन्न, वर्तमानमा रमाउनोस् न । म तपाईंको उमेरको भए के गर्थें, सुन्नुहोस्…

मलाई मेरो ऐलेको बुद्धि र आधा संपत्ति सहित तिस वर्षेहरुको हुलमा लगेर मिसाउने कुनै बिज्ञान भए मेरो आधा सम्पति त्यै बैज्ञानिकलाई उपहार दिने थिएँ !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com