हट बिषयमा हट सम्वाद : व्हाट इज रेड लाईट एरिया पापा !

प्रकाशित मिति: १ आश्विन २०७५, सोमबार ०४:३६

 

‘रेड लाईट एरिया’को चर्चासँगै डाँडाकाँडामा मान्छेहरुको चहलपहल बढ्न थाल्यो । नौला नौला मान्छेहरुको आवत जावत एक्कासी बाक्लिएपछी नर्सरी पढ्ने छोराले सोध्यो- ‘बाबा, यति धेरै मान्छेहरु हाम्रो गाउँमा किन आएका ?’

बाबुलाई थाहा थियो कि उनिहरु किन आएका हुन् ! तर, नावालकलाई कसरी बताउने !! किनकी यो बिषय निकै हट थियो, बच्चालाई पोल्न सक्थ्यो । बाबुले कुरा बटार्यो – ‘चिफ मिनिस्टर अंकलले भन्नू भएको थियो नि, डाँडाकाँडामा रिसोर्ट खोल्ने भनेर ! त्यसैकालागि लेन्ड ब्रोकर ठुलोबुवाहरु आउनु भएको होला ।’

छोराले भन्यो – ‘हाम्रो गाउँमा धेरै टुरिष्ट अंकल आन्टीहरु आउनु हुन्न, रिसोर्ट खोलेर के गर्नु !’ सानो छोराको अद्भुत तर्क सुनेर ढाँट्न मन लागेन – ‘रेड लाईट एरियाको स्पट खोज्न आएका होलान् !’

फेरि बच्चाले सोध्यो – ‘रेड लाईट एरिया भनेको के हो बाबा ?’ बाबुलाई आपत् पर्यो -‘तिमि बुझ्दैनौ, बच्चै छौ ।’

छोरोले जिद्दी गर्यो – ‘नाइँ, भन्नू न, रेड लाईट एरिया कस्तो हुन्छ ?’ बाबुले अफ्ठ्यारो मान्दै झर्कियो -‘त्यहाँ दुई खुट्टे जनवारहरु चर्न आउने हुन्, अब चुप लाग् ।’

बुझेझैं गरेर छोरोले भन्यो-‘ए, चिकेन र ककको प्ले ग्राउन्ड रहेछ ।’ बाबु झर्कियो -‘अँ अँ, कुखुरासँग नखेल्नु नि, बर्ड फ्लू सर्न सर्छ ।’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com