यहाँ माहुरीको चिन्ता, तिमी अरिङ्गाल बन भन्छौ : प्रमलाई प्रेमीको पत्र

प्रकाशित मिति: २ आश्विन २०७५, मंगलवार ११:०४

हो, जनताले आफ्ना अधिकारकालागी चनाखो हुनैपर्छ तर सरकार त्यो भन्दा धेरै सचेत बन्नुपर्छ । सबैभन्दा पहिले सरकार मौरी बन्नु पऱ्यो । जनताका काम नहुनुका कारणमाथी खनिनु पर्यो । आफ्नै कमि कमजोरीलाई चिल्नु पर्यो । यसरी चिल्नु पर्यो कि खिल निकाल्न नसकेर त्यो प्रवृती थला परोस् ।घुसखोर कर्मचारी, उपभोक्तामारा ब्यापारी, कामचोर ठेकेदार र यौन पिपासु बलात्कारी बिरुद्ध अरिङ्गाल, बारुला, बिच्छी के के बनेर हुन्छ, सरकारले खनिनु परयो ।

प्रधानमन्त्रीज्युले भन्नू भयो, बिसङ्गती बिरुद्ध अरिङ्गाल बन । कुरो बार्है आना ठिक हो तर हामी त निःशस्त्र छाैं । निरीह छाैं । टुलु टुलु हेरेर बस्न बाहेक केही सामर्थ्य छैन । जनताले खै कसरी टोक्नु ! तपाईसँग त पुलिस छ । प्रशासन छ । बैंक छ । पैसा छ । नियम छ । कानुन छ । जहाँ, जसरी, जे बनेरपनी खनिए भयो । चिल्ने उर्जा, तरिका र बल नै नभएका हामीले कसरी चिल्नु !

सबैभन्दा पहिले, बर्षौदेखि सत्ताबाट चिलिएर सुन्निएको हाम्रो ज्यान निको हुनुपऱ्यो । पिंडाले खँगारिएका मनहरु शान्त हुनु पर्यो ।आफू स्वस्थ रहेपछी पो बिसङ्गतिलाई चिल्ने अाँट अाउँछ । आफु ठीक रहे न अरुलाई सघाउन जाँगर लाग्छ । पहिला सरकारले चिल्नु पर्यो हजुर ।लाउनुस् छडी कानुनको, विसंगतीको बिरूद्ध । सामाजिक न्यायको पक्षमा । केवल तपाँइका कार्यकर्तामात्र होईन, हिजो तपाईंलाई दुई तिहाई दिने जनता समेत अरिङ्गाल बनेर सत्सरकारको रक्षा कवज बन्नेछन् तर,किन्तु, लेकिन, बट, परन्तु……

यस्तो हुन सकेन भने, प्रमज्युको आग्रह…… अस्पतालको बेडमा क्यान्सरसँग लडी रहेको बिरामी सँग अर्को कुनै बिरामीले आगोले डाँमेको आफ्नो शरीरको सामान्य जलन मेट्न गुहार मागेजस्तो मात्र हुनेछ भन्ने मेरो अनुमान हो, हनुमान हैन ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com