साँझका हेडलाईन : आजका दनक

प्रकाशित मिति: ३ आश्विन २०७५, बुधबार ०२:०२

 

    • राजनीतिको जटिल अध्याय पुरा भएको छ : पूर्व सभामुख सुवास नेम्बाङ्
      कार्यान्वयनको अति जटिल महा अध्याय बल्ल शुरु भएको छ ।
    • प्रधानमन्त्री १३ दिनका लागि देश बाहिर रहने: अन्नपुर्ण पोष्ट
      ए, १३ दिनकै लागि! काम कुरो एकातिर, कुम्लो बोकी कतातिर ?
    • बसन्तपुरमा तिनदिनसम्म लोकतन्त्र मेला मनाईने : अन्नपूर्ण पोष्ट
      मेलामा एउटापनि लोकतन्त्र बिरोधीहरु नछुटुन् ।
    • कालो दिवस र संबिधान दिवस दुबै मनाउँदैनौं: उपेन्द्र यादव
      जेठी छोडौं घरबार जान्छ, कान्छी छोडौं माया लाग्छ, दाई परे दोधारैमा ।
    • सुनकाण्डका एसपी विकासराज खनाललाई पनि छाड्ने आदेश ।
      निर्मला काण्डका निलम्बित, सुन काण्डमा मुक्त : हिसाब किताब बराबर
    • वाईड बडी जहाज किन्नहुन्न भन्ने खरेललाई नै जहाज उडाउने जिम्मा ।
      नीति एउटाको, नेता अर्को : दशा बिग्रियो घरको ।
    • एक रुख कटान बराबर २५ रुख रोप्छौं : नेपाल सरकार
      रुख रोप्ने मात्र हैन, जनताको दुख् उखेल्नु पऱ्यो ।
    • पर्सामामात्रै १६४ सीमा स्तम्भ गायब ।
      यही हिसाबले त जिल्लामात्र हैन, प्रदेश नै गायब हुने संभावना
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com