गाई भए गोरस, भाइ भए भरोष-साथी भए सोमरस, संगति भए सत्यरस…

प्रकाशित मिति: ४ आश्विन २०७५, बिहीबार ०३:३७

एकदिन छ जना साथी मिलेर दोलालघाट गएछन्। छ जनाको लागि एक एक बोतल बियर पनि किनेर लगेका रहेछन् । खोलामा पुगेर पौड़ी खेल्ने तैयारी गरे। पौड़ी खेल्ने ठाँउ नजिकै लगेर बियरको झोला राखे । सबै जाना खोलामा पसेर डूबुल्की मार्न थाले पछि नारायणजीको नयाँ प्रस्ताव आयो ।

नारायण: सुन साथी हो ! नाक, आँखा बन्द गरेर को धेरैबेर पानीमा डुबी रहन सक्छ ?
साथीहरु: त्यस्तो जाबो काम सबैले सकि हालिन्छ नि ।
नारायण: लौ हेरौ त को धेरै सक्दो रहेछ !

यस पछि सबै आ-आफनो नाक आँखा बन्द गरेर डुबुल्की मारे । एक-डेढ मिनेट सम्म डुबेर पाँचजनाले सँगै बाहिर टाउको निकाले तर नारायणजीले अलिक ढिला !  उनलाई जित्न फेरी पटक पटक उस्तैगरि प्रयत्न गरि रहे तर परिणाम चाही नारायणजिकै पक्षमा आयो। नारायण: देख्यौ त केटा हो कस्ले जित्यो ? बलले मात्र हुँदैन क्या बुद्धि चाहिन्छ बुद्धि !

सबै जाना बाहिर निस्केर कपड़ा लगाए। नजिकै बियर राखेको ठाँउ पुग्दा एउटा बियर हराएछ , त्यो पनि नारायणले नै देखे।

नारायण: ला ! एउटा वियर  कस्ले चोरेछ ?
साथीहरु: चोर को हो भन्ने हामीले सब थाहा पायौं !
रोदन: तिम्रो प्रस्ताव त पानीमा हैन,बियरमा डुबुल्की मारने पो रहैछ !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com